स्थानीयको जग्गामा बाँध निर्माण गर्न लागिएको भन्दै महानगरबासी आन्दोलित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने क्रममा स्थानीयको जग्गामै बाँध निर्माण हुन लागेको थाहा पाएपछि महानगरबासी विरोधमा उत्रिएका छन्। महानगर– ३१ स्थित जंगलबाट निस्केको भेडाहा खोलामा बाँध निर्माण गर्दा स्थानीयको जग्गामै बाँध निर्माण हुने थाहा पाएरपछि महानगरबासी आन्दोलनमा उत्रिएका हुन्। भेडाहा खोलामा बाँध निर्माण गर्दा महानगरको वडा नम्बर २२,२८ र वडा […]

सम्बन्धित सामग्री

मुअब्जा दिन अदालतको आदेश

वीरगन्ज। वीरगन्ज महानगरपालिकास्थित भेडाहा खोलामा बाँध निर्माण गर्ने क्रममा निजी जग्गामा पनि बाँध निर्माण गर्दा जग्गाधनीलाई सोको मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको छ। महानगरमा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले बाँध निर्माण गर्दा स्थानीयको निजी जग्गासमेत बाँधमै पर्ने भएकाले निजी जग्गामा बाँध निर्माण गर्दा जग्गाधनीलाई मुआब्जा दिन सर्वोच्च अदालतले आदेश दिएको […]

एडीबीको  सहकार्यमा वीरगञ्ज महानगरमा सडक तथा ढल निर्माणको १० वर्षे योजना

असार २३, वीरगञ्ज । वीरगञ्ज महानगरले सडक, ढल र नाला निर्माणका लागि १० वर्षे योजना सञ्चालनमा ल्याउने भएको छ ।  महानगरले एशियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा यस्तो दीर्घकालीन योजना कार्यान्वयनमा ल्याउन लागेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।  महानगरपालिकाले बुधवार आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रमुख सरावगीले योजनाको लागि एडीबीले ४० अर्ब रुपैयाँ लगानी गर्ने बताए । यस्तो योजनाबाट वीरगञ्जमा सडक र ढल निकासको समस्या हल हुने विश्वास उनले व्यक्त गरे । संघ र प्रदेश सरकारबाट अपेक्षित बजेट नपाएको गुनासो सरावगीको थियो । आन्तरिक आय स्रोत कम भएको र संघ तथा प्रदेशबाट सहयोग नभएपछि विकासका लागि दाता खोज्दै हिड्नु परेको उनले बताए ।  वीरगञ्जमा राष्ट्रिय योजना आयोगको सहकार्यमा उज्यालो वीरगञ्ज योजनाअन्तर्गत १४ हजार बल्ब जडानको काम भइरहेको जानकारी पनि प्रमुख सरावगीले दिए । आयोग र महानगरको साझेदारीमा आगामी दुई वर्षभित्र महानगरका ग्रामीण क्षेत्रका नदीछेउमा बाँध निर्माण गरिन उनले बताए ।  ‘२५ करोड रुपैयाँको लगानीमा बनाइने यस्ता बाँधलाई सडकको रुपमा प्रयोग गर्न मिल्ने गरी निर्माण हुने छ,’ उनले भने ।  वीरगञ्जको वडा नं. २९ मा आयोजित सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले महानगरमा पछि जोडिएका वडाहरूमा पूर्वाधार विकासमा सुधारको आवश्यकता औंल्याएका छन् । सहभागीहरूले विकास निर्माणका योजनामा ती क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।  ग्रामीण वडाहरूमा सडक, सरसफाई, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार र सेवाको अवस्था सन्तोषजनक नरहेको स्थानीयको गुनासो छ । सहभागीको गुनासो सनेपछि सरावगीले सीमित स्रोतका कारण सोचेजस्तो विकासको अनुभूति दिन नसकेको बताए ।  वडा अध्यक्ष धर्मेन्द्रप्रसाद महतोको अध्यक्षतामा भएको सुनुवाइमा महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले सेवाग्राहीको सन्तुष्ति नै कर्मचारीको उद्देश्य भएको बताए । महानगरबाट दिइने सेवामा कुनै प्रकारको समस्या आएमा त्यसको सुनुवाइ र समाधानमा आफू सधैं तत्पर रहेको निरौलाको भनाइ थियो ।

ठेकेदारको बदमासीले सिँचाई बाँध अलपत्र

बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्‍याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन ।