काठमाण्डाै - ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडाेलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् ।
फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग गरेर फोहरका गाडी रोकेको प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले नुवाकोटको ...