काठमाडौँ पाटीपौवा, पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर हो

काठमाडौँ जसरी मन्दिरहरूको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरूको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ । हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ । सिथि नखः पर्वको द...

सम्बन्धित सामग्री

हिटीकै पानीमा आत्मनिर्भर बन्न सक्लान् उपत्यकाका भित्री सहर ?

५७४ हिटी छन् : अहिले दुई सयमा पानी आउँछ, दुई सय ८० सुक्खा, ९४ हराइसके, ४२ वटाको नामै छैन  हिटी (ढुंगेधारा) कुनै ताका काठमाडौं उपत्यकाको खानेपानीको मुख्य स्रोत थियो । ०४६ सालसम्म...

पानीका स्रोत संरक्षण र पुनर्भरण

काठमाडौं नगर सभ्यताले विकास गरेको रैथाने पानी प्रयोग प्रणाली र योसँग जोडिएको ज्ञान–विज्ञानलाई उद्भूत मानिन्छ, जुन आज–पर्यन्त उपयोगी पनि छ । अघिल्लो महिना इनार र ढुंगेधारा सफा गर्दै ‘सिथि नखः’ मनाइयो । पानी स्रोतको संरक्षण हाम्रो संस्कृति नै बन्नुले पुर्खाले यसलाई दिएको महत्त्व दर्साउँछ । पानीको जोहो नगर सभ्यताको एउटा मूल मान्यता नै बनेको पाइन्छ । तर, पछिल्लो समय काठमाडौं सहर र यसको आधुनिक भनिएको पानी प्रयोग प्रणालीले पानी स्रोतको संरक्षणलाई ध्यान दिएको छैन ।

पानीका स्रोत संरक्षण र पुनर्भरण

काठमाडौं नगर सभ्यताले विकास गरेको रैथाने पानी प्रयोग प्रणाली र योसँग जोडिएको ज्ञान–विज्ञानलाई उद्भूत मानिन्छ, जुन आज–पर्यन्त उपयोगी पनि छ । अघिल्लो महिना इनार र ढुंगेधारा सफा गर्दै ‘सिथि नखः’ मनाइयो । पानी स्रोतको संरक्षण हाम्रो संस्कृति नै बन्नुले पुर्खाले यसलाई दिएको महत्त्व दर्साउँछ । पानीको जोहो नगर सभ्यताको एउटा मूल मान्यता नै बनेको पाइन्छ । तर, पछिल्लो समय काठमाडौं सहर र यसको आधुनिक भनिएको पानी प्रयोग प्रणालीले पानी स्रोतको संरक्षणलाई ध्यान दिएको छैन ।

फोटोफिचर: काकाकुल ढुंगेधारा

काठमाडौं उपत्यकाको सौन्दर्य मान्छेको भीड, बेढंगका बग्रेल्ती घर, बाँगाटिंगा बाटा र कुरूप संरचनाहरूले मिचिएको छ । एक समय देवस्थलका रूपमा परिचित उपत्यकाको आभा मन्दिरहरू, देवल र कलात्मक ढुंगेधाराहरूले निखारेको थियो । तर बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विस्तारको मारमा सहर बिस्तारै कुरूप बन्दै गयो । जमघट हुने, जात्रा र पर्वसँग प्रत्यक्ष साइनो भएका र ढुंगेधाराहरू अतिक्रमणको सिकारमा पर्दै गए ।

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सीएसआरअन्तर्गत काठमाडौंको मुटुमा अवस्थित लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि काठमाडौं महानगर–२६ लाई उक्त मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि लागि खुला गरिएको छ । यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । ५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् । स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ । मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् । वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । मैदानको स्तरोन्नतिले समुदायमा तथा वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीको छ । मैदानको स्तरोन्नति तथा संरक्षणका लागि एनसेल र काठमाडौं महानगर–२६ बीच गत वर्ष सम्झौता भएको थियो । ‘जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा कम्पनीले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ । यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा सहर निर्माणमा योगदान गर्दै बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने । काठमाडौं महानगर–२६ का वडाध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले उत्साहित भएको प्रतिक्रिया दिए । ‘यो मैदान समुदाय र वडाका लागि ठूलो सम्पत्ति बनेको छ । यो पहलले सहरमा खुला ठाउँ संरक्षणमा  योगदान पुर्‍याएको छ’, उनले भने । जनवाचनालय र पुस्तकालय, लैनचौर युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय रामबहादुर रजकले पुनर्निर्माणपछि अब विभिन्न खेल खेल्न सकिने बहुद्देश्यीय मैदानका रूपमा परिवर्तन भएको बताए ।

लैनचौरमा खेल मैदानसहितको हरित उद्यान बनाउँदै एनसेल

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाडौंको लैनचौर मैदान निर्माण तथा संरक्षण सुरु गरेको छ  । आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वछ, सफा, हराभरा सहर निर्माणमा योगदान पु¥याउने अपेक्षा एनसेलले लिएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका–२६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ ।  उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिम खाना र बालबालिकाका लागि खेल्ने स्थानलगायत संरचना निर्माण गरिनेछ । यो उद्यान ५४ हजार ९२१ वर्गफिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्नेछ । एनसेल र काठमाडौं महानगरपालिका–२६ ले हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । समझदारीअनुसार  एनसेलले  काठमाडौं महा नगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माण गरिरहेकोे छ । ग्राउन्ड सफाइ कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खनन भइरहेको एनसेलले बताएको छ । परम्परागत ढुंगेधारा, उद्यानमा आउने मानिसका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था उद्यानमा राखिनेछ । यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपेको थियो । यसबाहेक धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेको थियो ।