फोटोफिचर: काकाकुल ढुंगेधारा

काठमाडौं उपत्यकाको सौन्दर्य मान्छेको भीड, बेढंगका बग्रेल्ती घर, बाँगाटिंगा बाटा र कुरूप संरचनाहरूले मिचिएको छ । एक समय देवस्थलका रूपमा परिचित उपत्यकाको आभा मन्दिरहरू, देवल र कलात्मक ढुंगेधाराहरूले निखारेको थियो । तर बढ्दो जनघनत्व र अव्यवस्थित बस्ती विस्तारको मारमा सहर बिस्तारै कुरूप बन्दै गयो । जमघट हुने, जात्रा र पर्वसँग प्रत्यक्ष साइनो भएका र ढुंगेधाराहरू अतिक्रमणको सिकारमा पर्दै गए ।

सम्बन्धित सामग्री

देवघाटमा ढुंगेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।...

उपत्यकाका ढुंगेधारा : कतै भद्रगोल कतै संरक्षण

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सांस्कृतिक रुपमा विश्वमै परिचत शहर हो । उपत्यकामा ऐतिहासिक कलाकृति, मठमन्दिर, गुम्बा, विहार, सत्तल, ढुंगेधाराहरू रहेका छन् । राणाकालीन रुपमा बनेका राजकुलोहरुले काठमाडौंका ढुंगेधाराहरुमा पानी आउने गरेको थियो तर पछिल्लो समय ढुंगेधाराहरू सुक्दै गएका छन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का अनुसार काठमाडौं उपत्यकाभित्रका महानगरसहित १० […]

महानगरले ऐतिहासिक ढुंगेधारा संरक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनर्भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट शुरू गरिसकेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा उक्त काम शुरू गरिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘शुरुआतमा कामपाका ३२ ओटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रूपमा आउँछ, कतिमा आउँदैन, पानी पुनर्भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने । उनका अनुसार ढुंगेधारा प्रणालीसँग शहरी विकासको शृंखला जोडिएको छ । शहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनर्भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्न इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरिएको उनले बताए । अध्ययनमा हिती (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र शीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरूको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । स्मारक तथा अन्य क्षेत्रमा भएका ढुंगेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्वीर संग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिनेछ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनर्भरण, ढुंगेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिश पनि गर्नेछ । अध्ययन विशेषगरी कामपाका भित्री वडा, जहाँ ऐतिहासिक ढुंगेधाराको संख्या बढी रहेको स्थानसहित ३२ ओटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुंगेधाराको संरक्षणको काम गरिरहेको छ । रासस

यक्ष प्रश्नः उपत्यकामा किन सुक्दैछन् ढुंगेधारा

काठमाडौं, असार २५ । महाभारतको कथामा पानी पिउन आएका पाण्डवलाई यक्षले सोधेको प्रश्न यति प्रभावकारी बन्यो कि आज पनि कुनै महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्न भनिन्छ। तिनै यक्षको आकृति परम्परागत हिति (ढुंगेधारा) को मुन्तिर देखिन्छ। उपत्यकाका हिति कसरी सुक्दै गए भन्ने यक्ष प्रश्न फेरि पनि उठेको छ। पद्मसुन्दर जोशीको प्राचीन हिति प्रणालीमाथि लेखिएको अनुसन्धात्मक कृृति ‘हिति […]

बेहाल पाटनका ढुंगेधारा (फोटो फिचर)

काठमाडौँ – मल्लकालीन सभ्यताको प्रतीक मानिने ढुंगेधारा र काठमाडौँ उपत्यका पर्याय मानिन्थ्यो। केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा परिसर अहिले कतै गगनचुम्बी भवन बनिसके त कतै डम्पिङसाइटमा परिणत भएको छ। काठमाडौँ क्षेत्रका एक दुई स्थानबाहेक धेरै ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता पाटनमा रहेका ढुंगेधारा संरक्षणको अभावमा फोहर फाल्ने डम्पिङसाइट बनेका छन्। […]

संरक्षण अभावमा बेहाल ढुंगेधारा (फोटो फिचर)

काठमाडौं : मल्लकालीन सभ्यताको प्रतीक मानिने काठमाडौं उपत्यकाका काठमाडौं‚ ललितपुर र भक्तपुर जिल्लाका ढुंगेधारामा केही वर्षअघिसम्म बाह्रै महिना पानी आइरहन्थ्यो। तर‚ अहिले ती ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन्।काठमाडौंका एक दुई स्थानबाहेक ढुंगेधारा हराइसकेका छन्। भक्तपुरमा संरक्षणको अभियान थालिएको छ। यता ललितपुरका ढुंगेधाराहरू संरक्षणको अभावमा फोहोर फाल्ने ठाउँमा परिणत भएका छन्।ललितपुरको दक्षिण टीका भैरवबाट ल्याइएको राजकुलो चक्

पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर)

ढुंगेधारालाई काठमाडौँ उपत्यकाको पर्याय मानिन्थ्यो । केही वर्ष अघिसम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् । काठमाडौँ क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेका छन् । ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरू सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन्

हराउँदै ढुंगेधारा

वसन्तपुरस्थित ढोकाटोलमा अरुणोदय निम्नमाध्यमिक विद्यालय छ । सडकसँग जोडिएको विद्यालयकै छेउमा छ, हाः हिटी (ढुंगेधारा) । मंगलबार उक्त हिटी रूखका हाँगाहरूले छोपिएको थियो ।

जलमग्न ढुंगेधारा (फोटोफिचर)

मंगलवार बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राति भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् ।“बिहान २ बजेदेखि पानी दर्किन थालेको थियो । बिहान ५ बजेतिर उठेर यसो पसल तिर आएका थियौं पानी त झण्डै–झण्डै सटरसम्म आइपुगेको थियो । मेरो पसल अलिक अग्लो ठाउँमा भएकोले पानी पस्न पाएन तर अरुको पसल भने मज्जाले डुबायो,” एराहिटीमा तरका

ढुंगेधारा संरक्षणमा वाग्मती प्रदेश सरकारको चासो

हेटौंडा : वाग्मती प्रदेशभित्र रहेका ढुंगेधारा ‘हिति’ हरुको संरक्षण अभियान थालिएको छ। प्रदेश सरकरको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका जीर्ण र सुक्दै गएका ऐतिहासिक ढुंगेधाराहरुको संरक्षण अभियान थालेको हो। चालु आर्थिक वर्षमा प्रदेशका १३ जिल्लामा रहेका यस्ता धाराहरुको संरक्षण तथा जीर्णोद्धारको लागि मन्त्रालयले करिब एक करोड रुपैयाँ…