काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाडौंको लैनचौर मैदान निर्माण तथा संरक्षण सुरु गरेको छ ।
आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वछ, सफा, हराभरा सहर निर्माणमा योगदान पु¥याउने अपेक्षा एनसेलले लिएको छ ।
यो हरित उद्यान काठमाडौं महानगरपालिका–२६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिम खाना र बालबालिकाका लागि खेल्ने स्थानलगायत संरचना निर्माण गरिनेछ । यो उद्यान ५४ हजार ९२१ वर्गफिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्नेछ । एनसेल र काठमाडौं महानगरपालिका–२६ ले हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । समझदारीअनुसार एनसेलले काठमाडौं महा नगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माण गरिरहेकोे छ । ग्राउन्ड सफाइ कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खनन भइरहेको एनसेलले बताएको छ ।
परम्परागत ढुंगेधारा, उद्यानमा आउने मानिसका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था उद्यानमा राखिनेछ । यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपेको थियो । यसबाहेक धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेको थियो ।