पाकिस्तानी अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजई विवाह बन्धनमा बाँधिएकी छिन् । २४ वर्षीया उनले बेलायतमा बालपनका साथी समेत रहेका असरसँग विवाह गरेकी हुन् ।
मलालाले सोसल मिडियामार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् भने जसमा उनका अभिभावक पनि देखिएका छन् ।
मलालाले लेखेकी छिन् – आज मेरो जीवनको एक अनमोल दिन हो । असर र म जीवनभर एकअर्काको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ । हामीले बर्मिंघममे आफ्नो अभिभावकका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ । हामी आगामी यात्राका एकअर्काक...