नोबेल पुरस्कार विजेता भन्छन्- राम्रो खाना, निद्रा र नियमित कसरत बुढ्यौलीको प्रभावकारी औषधि

सन् २००९ मा थोमस ए स्टेट्ज र एडा इ योनथ सँगै रामकृष्णनले रसायनशास्त्रमा नोबेल पुरस्कार पाएका थिए। उनले प्रोटिन उत्पादन गर्ने कोष संरचना अर्थात् राइबोजोमबारे गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए। यिनै मोलिक्युलले सम्पूर्ण जीवमा जीवन सम्भव बनाइदिन्छन्।