पछिल्लो समय नेपाली फिल्म क्षेत्र डिजिटलमय भएको छ । निर्माण (पोष्ट प्रोडक्सन), छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । अहिले फिल्म क्षेत्र ‘डिजिटल यात्रा’ मा छ भन्दा फरक नपर्ला ।नेपाली फिल्मको इतिहास धेरै पुरानो होइन । विसं २००७ सालमा कोलकतामा छायाङ्कन भएको डिबी परियारको ‘सत्य हरिशचन्द्र’ पहिलो फिल्म हो । तर नेपाली फिल्म क्षेत्रले भने नेपालमै बनेको पहिलो फिल्म ‘आमा’ मान्ने गरेको छ । विसं २०२० सालमा प्रदर्शनमा आएको यो फिल्म तत्कालीन श्री ५ को सरक