काठमाडौं, १५ कात्तिक । नेकपा एमाले विभाजनले सिंगो पार्टीलाई नोक्शानी परेको छ । एमालेका अधिकांश नेता कार्यकर्ता आगामी दिनमा पर्ने थप क्षतिको आँकलन गरेर बसिरहेका छन् । तर, एमाले विभाजनले केही नेताहरुलाई भने राजनीतिक फड्को मार्ने अवसर मिलेको छ । एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाइएकी रामकुमारी झाँक्रीले फड्को मारेकी छिन् । […]