चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएनन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने