गुल्मी – गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो ।
स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयाेगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे ।
रिडी–रुद्रवेणी–वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने याे सडक बन्द हुँदा पाल्पा, बुटवलबाट ...