झापा – झापा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिर्तामोडको डोमलाल राजवंशी रङ्गशालामा आज साेमवार भएको फाइनल खेलमा आर्मीले झापा–११ फुटबल क्लबलाई दुई–एक गोलले हरायो ।
आर्मीको जितमा टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले गोल गरे । झापाका लागि विमल घर्ती मगरले एक गोल फर्काए । आर्मीले चौथो पटक झापा गोल्ड कपको उपाधि जितेको हो । झापा–११ भने पाँचौँ पटक उपविजेतामै सीमित रह्यो ।
उपाधि विजेता आर्मीले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता झापाले ६ लाख पाँच हजार ...