झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट