‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् ।करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन्