जंगली हात्ती बस्ती पसेपछि रौतहटमा त्रास

१९ असार, रौतहट । जंगली हात्ती रौतहटका बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ । सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ । […]

सम्बन्धित सामग्री

हात्तीको हुल पहाड चढ्दा स्थानीयमा त्रास

पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् ।

भारतबाट पसेका ३६ जंगली हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र […]

गाउँमा हात्ती पस्न थालेपछि बाली भित्र्याउनै मुस्किल

झापाको पश्चिमी क्षेत्रमा पनि हात्तीको त्रास, बाली जोगाउन रातभर सुत्दैनन् स्थानीय विगतमा झापामा जंगली हात्ती प्रभावित क्षेत्र भन्नेबित्तिकै पूर्वी सीमावर्ती बस्ती बाहुनडाँगीको नाम अगाडि आउँथ्यो । तर, अहिले झापाको उत्तर–पश्चिम क्षेत्रमा पनि...

‘मर्निङ वाक’मा पनि हात्तीकै त्रास

झापा : झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे। एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जंगली हात्तीसँग जम्काभेट भयो। जंगल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे। उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा मृत्यु भयो। झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जंगललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जंगली हात्तीको त्रास छ। मेची नदी पार गरेर दर्जनौंको संख्यामा भित्रिने जं

उदयपुरको कटारी क्षेत्रमा जंगली हात्ती, स्थानीयहरु त्रसित

उदयपुरको पश्चिमी भेग कटारी नगरपालिकामा आईतबार दिउँसो जंगली हात्तीको समूह देखा परेपछि स्थानीयमा त्रास छाएको छ।...

सधैं वन्यजन्तुको त्रास

केही दिनअघि ब्रह्मानगरतर्फ जाँदै गरेका स्थानीय किशोर चौधरीको बाटोमा दुईवटा हात्तीसँग जम्काभेट भयो । उनी मोटरसाइकल छाडेर ज्यान जोगाउन भागे । ‘एक्लै हिँड्न डर भएको छ, जसोतसो ज्यान जोगाएर भागेँ,’ किशोर भन्छन् ‘सधैं यसरी भाग्यमानी भइँदैन, हात्तीले ज्यानै लिने खतरा भयो ।’ पर्साको ठोरी गाउँपालिकामा एक महिनादेखि जंगली हात्ती सक्रिय रहेकाले स्थानीयलाई आवागमनमा सकस भएको छ । धान बाली पाक्ने सिजनमा बर्सेनि २/३ महिना हात्तीको आक्रमणमा पर्ने डर स्थानीयलाई हुन्छ ।

जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि त्रास

कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।...

जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेपछि त्रास

सिन्धुली- कमलामाई नगरपालिकाको वडा नं ९ र १० मा राति जंगली हात्ती मानवबस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। रातका समयमा तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बस्नुपरेको थियो। कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जंगली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरिएको बताए। ती हात्ती राति […]

हात्तीको बथान भारत नफकिँदा झापाका बासिन्दा त्रासमा

१३ भदौ, झापा । भारतबाट नेपाल पसेका २० जंगली हात्ती एक महिनादेखि नेपालको जंगलमा डुलिरहेका कारण झापाका बासिन्दा त्रासमा छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते बाहुनडाँगी गौंडा हुँदै भित्रिएका ती हात्ती लामो समय यहीं रहेकाले स्थानीयबासीमा त्रास सिर्जना भएको हो । मानव हात्ती द्वन्द्व न्यूनीकरण अभियानकर्मी शंकर लुइँटेलका अनुसार भारतको […]