सधैं वन्यजन्तुको त्रास

केही दिनअघि ब्रह्मानगरतर्फ जाँदै गरेका स्थानीय किशोर चौधरीको बाटोमा दुईवटा हात्तीसँग जम्काभेट भयो । उनी मोटरसाइकल छाडेर ज्यान जोगाउन भागे । ‘एक्लै हिँड्न डर भएको छ, जसोतसो ज्यान जोगाएर भागेँ,’ किशोर भन्छन् ‘सधैं यसरी भाग्यमानी भइँदैन, हात्तीले ज्यानै लिने खतरा भयो ।’ पर्साको ठोरी गाउँपालिकामा एक महिनादेखि जंगली हात्ती सक्रिय रहेकाले स्थानीयलाई आवागमनमा सकस भएको छ । धान बाली पाक्ने सिजनमा बर्सेनि २/३ महिना हात्तीको आक्रमणमा पर्ने डर स्थानीयलाई हुन्छ ।