झापा : झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे। एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जंगली हात्तीसँग जम्काभेट भयो। जंगल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे। उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा मृत्यु भयो। झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जंगललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जंगली हात्तीको त्रास छ। मेची नदी पार गरेर दर्जनौंको संख्यामा भित्रिने जं