अत्यधिक मूल्यवृद्धिको मारमा निर्माण उद्योग : महासंघ

काठमाडौं (अस) । निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धिले मुलुकको निर्माण उद्योग धराशयी भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । सोमवार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण अघि बढाउन नसकिने बताए । मूल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णय आगामी एक हप्ताभित्र कार्यान्वयन नभए महासंघ आन्दोलनका थप सशक्त कार्यक्रम ल्याउन बाध्य हुने अध्यक्ष सिंहले चेतावनी दिए । निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत शुरू भएको उनले बताए । मूल्यवृद्धि समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनामा व्यवसायीले मूल्यवृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं २ तुरुन्त जारी गर्नुपर्ने महासंघको माग छ । यसरी मागदर्शन जारी नभएकोमा मूल्यवृद्धि नियन्त्रण नभएसम्मको अवधि गणना हुने गरी नेपाल सरकारले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने महासंघका अध्यक्ष सिंहले बताए । सार्वजनिक खरिद नियमावली, २०६४ को ११औं संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन महासंघले आग्रह गरेको छ । यसैगरी कोभिडका कारण भएको मूल्यवृद्धि लगायत कारण यही चैत मसान्तसम्ममा निर्माण सक्न सम्भव नभएको भन्दै अध्यक्ष सिंहले २०७९ वैशाख १ गतेदेखि लागू हुनेगरी २०७९ चैत मसान्तसम्ममा सबै परियोजनामा एकमुष्ट एक वर्ष म्याद थप हुनुपर्ने बताएका छन् । साना निर्माण व्यवसायीको वृद्धि विकासका लागि पाँच करोड रुपैयाँसम्मको लागत अनुमान भएको निर्माणको खरिद योग्यता निर्धारण गर्न नहुने महासंघको माग छ । तर दुई करोडदेखि पाँच करोड रुपैयाँसम्मको निर्माणका लागि दश वर्ष पुरानो निर्माण व्यवसाय इजाजतपत्र प्राप्त गरेको फर्म/कम्पनीले मात्र भाग लिन पाउनुपर्ने महासंघले बताएको छ । यस्तै बीमाको दररेट खारेजी सहित लामो समय अघिदेखि जेभी तथा अन्य कारणबाट बक्यौता रहेको मूल्य अभिवृद्धि कर तथा आयकरमा लाग्ने ब्याज जरिवाना तथा हर्जाना एकपटकका लागि मिनाहा गर्न महासंघले माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल र नीतिगत उपमहासचिव शिवहरि घिमिरेले निर्माण उद्योगका समस्या समाधानमा सञ्चार जगत्ले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सम्बन्धित सामग्री

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: महासंघ अध्यक्ष सिंह

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन...

इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।...

इन्धनको मूल्य वृद्धिले निर्माण उद्योग नै ठप्प हुने निर्माण व्यवसायीको भनाइ

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको मूल्यवृद्धिका कारण निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेका निर्माण उद्योग थप आक्रान्त भएको महासंघका […]

इन्धनमा भएको भारी मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा- महासंघ

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो पटक पेट्रोलमा एकैपटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । विगत केही महिनाको आँकडा हेर्ने हो

‘अत्यधिक मूल्य वृद्धिले निर्माण उद्योग धराशायी’

इन्धनलगायतका निर्माण सामग्रीमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्र्य अघि बढाउन नसकिने बताए । मूल्यवृद्धि नियन्त्रणसहित राष्ट्रिय भेलाले गरेका निर्णय आगामी एक हप्ताभित्र (चैत २४) कार्यान्वयन […]

निर्माण सामाग्रीको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी : महासंघ

इन्धन लगायतका निर्माण सामाग्रीहरूमा अत्यधिक मात्रामा भएको मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योग धराशायी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सोमबार राजधानीमा गरिएको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए ।मूल्यवृद्धि नियन्त्रण सहित राष्ट्रिय भेलाले गरेका निर्णयहरू आगामी एक हप्ता भित्र (चैत्र २४) कार्यान्वयन नभए महासंघ आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गर्न बाध्य ह

तरलता अभावको असरले निर्माण उद्योग संकटमा : अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् ।अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको बताए । उनले […]

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा : अध्यक्ष सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेको सिंहको भनाइ छ।न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सिंहले तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भइ कटौती गरे ५ प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन नसकेको बताए।दुई वर्ष कोरोना महामा

तरलता अभावले निर्माण उद्योग संकटमा : महासंघ अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय...

वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा: अध्यक्ष सिंह

काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्।उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न नसकेका प्रस्टाएका छन्।साथै उनले बजारमा हाहाकार भए तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको कटौती गरेकाले पनि गति लिन नसेको खुलासा गरेका छन् ।