निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने

२३ वैशाख, काठमाडौं । निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ । विद्यार्थीले चर्को शुल्क वृद्धि फिर्ताको मुख्य मुद्दा उठाउँदै आन्दोलन गर्दै आएका थिए । शिक्षा मन्त्रीसमेतको उपस्थितमा शनिबार भएको वार्तामा पाँच बुँदे …

सम्बन्धित सामग्री

बाँसको झ्याङमा बुवाको लास

ब्यूँझदा आँखाअघि थिएनन्– आफूले बनाएका सुन्दर चित्रहरू । भित्तामा भातको माडले टाँसेका गोरखापत्रहरू । टेबलमा छरपस्ट किताब र कापीहरू । जुटको डोरीमा झुन्ड्याएको नीलो फ्रक र आकाशे रङका सर्टहरू । देखियो– वरिपरि हरिया स्याउला र भकारी । खाँबोको चोकेमा झुन्ड्याएको कम्ब्याट ड्रेस । केही बुढा मान्छेका पुराना फोटाहरू ।&n...

विद्यालयले पोसाक र किताब बिक्री गरे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक (किताब) बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालय आफैँले पाठ्यपुस्तक र स्टेशनरी सञ्चालन गर्न नपाउने तथा विद्यालयबाट निर्धारित ड्रेस कोडको न...

मुलपानीबाट दुई बालक बेपत्ता

काठमाडौँ – कागेश्वरी मनोहर नगरपालिकाको मुलपानीबाट दुई जना बालक बेपत्ता भएका छन्। मुलपानीकै राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्। स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला नपरेको सन्देशी दिदी भवानी कार्कीले जानकारी दिइन्। उनीहरु […]

कोठा कोठामा कलेज

असारे हतारोले किसानहरूलाई धान रोप्नमात्र होइन, त्योभन्दा बढी हतारो कलेजको खेती गर्नेहरूलाई विद्यार्थी नामका बिरूवाले आफ्नो टहरो भर्नमा छ । शहरबजारका अलि हेर्न हुने हरेक घरका चोटा र कोठामा स्कुल कलेजका बोर्ड पढ्न पाइन्छन् । ती बोर्डले छेकेको कोठा र टहराभित्र चाहिँ के पढिन्छ पढाइन्छ भन्ने अज्ञात नै छ । तैपनि शहरमा सबैलाई शिक्षा दिने सरकारको सपना यसरी निजी क्षेत्रले पूरा गरिदिन लागेकामा सबै दंग छन् । अभिभावक र विद्यार्थीहरूको सपना त यी चोटे कोठे टहरे कलेजहरूले आकर्षक टु पिस ड्रेस  र खोस्टै सही ल्यामिनेटेड  सर्टिफिकेट उपलब्ध गराएर पूरा  गरेको छ । कामचलाउ सरकारको गाउँ गाउँमा  सहकारी घर घरमा रोजगारीको राष्टिय नारालाई आगामी सरकारले सहरका चोटाचोटामा  कोठाकोठामा कलेज भन्ने नाराका साथ नीति तथा कार्यक्रम बनाए हुन्छ । शिक्षामा निजी क्षेत्रबाट भएको लगानीले देशमा थुप्रै सह र सहायक उद्योगहरू खुल्न पाएका छन् । विद्यार्थीलाई आवश्यक पर्ने बुट, फेसन, किताब, कापी, कलम, स्कुटी आदिको व्यापारले स्कुल कलेज मात्र होइन यसका सप्लायरहरू पनि मालामाल बनेका छन् । देशमा हेलमेट शिक्षकहरूको उत्पान पर्याप्त बढेको छ । फ्रान्सलाई पनि उछिन्नेगरी देशैभरि फेसन उद्योगहरूबीच कपडा कम प्रयोग गरी स्कुल वा कलेज ड्रेस बनाउने प्रतिस्पर्धाको रोमाञ्चक कुराको त बयान गरी साध्य नै छैन ।  स्कुल कलेजका कक्षा समाप्त भएपछि सडकमा लाग्ने भीड हेर्दा ठिटाठिटीहरू शिक्षालय होइन, कुन ठूलै फेसन कम्पिटिसनमा भाग लिन जान लागेको भान हुन्छ । (तीतोमीठोबाट) वर्ष ५, अंक ४५, २०६७, असार २८– साउन २

https://www.onlinekhabar.com/2020/04/855265

सदाझैँ उही स्कुलको ड्रेस पहिरेर, झोलामा केही किताब, मार्कर र  डटपेन राखेर मोटरसाइकल स्टार्ट गर्दै स्कुलतर्फ निस्किएँ । दश बज्न केही मिनेटमात्रै बाँकी थियो । मोटरसाइकल को गति अलिक बढी नै थियो । स्कुल र म …

पढाई पूरा गर्न परिवारभित्रै संघर्ष गर्ने किशाेरी

काठमाण्डौ - बिहानै उठ्दा दाइ सचिनको हातमा किताब हुन्थ्यो । प्रीतिको काम चाहिँ बिहान उठ्नेबित्तिकै खाना पकाउनुपर्ने । सचिन खाना खाएर विद्यालय जान तयार हुन्थे । प्रीति चाहिँ बाख्रा लिएर जङ्गल जानुहुन्थ्यो ।  उहाँलाई पनि दाइकोजस्तै ड्रेस लगाएर विद्यालय जान मन लाग्थ्यो । तर उहाँको काम बाख्रा चराउनु थियो । दाइ किताब बोक्दै व...