काठमाण्डौ - बिहानै उठ्दा दाइ सचिनको हातमा किताब हुन्थ्यो । प्रीतिको काम चाहिँ बिहान उठ्नेबित्तिकै खाना पकाउनुपर्ने । सचिन खाना खाएर विद्यालय जान तयार हुन्थे । प्रीति चाहिँ बाख्रा लिएर जङ्गल जानुहुन्थ्यो ।
उहाँलाई पनि दाइकोजस्तै ड्रेस लगाएर विद्यालय जान मन लाग्थ्यो । तर उहाँको काम बाख्रा चराउनु थियो । दाइ किताब बोक्दै व...