आइस्पान र प्राधिकरणबीच इन्टरनेट सेवा नरोक्ने सहमति

इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच हाललाई इन्टरनेट सेवा अवरुद्ध नगर्ने विषयमा सहमति भएको छ । प्राधिकरणले शुक्रबार आइस्पानलाई पत्र पठाउँदै इन्टरनेट सेवा बन्द नगर्न आग्रह गरेपछि आइस्पानले भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई केही दिनका लागि सेवा जारी राख्न अनुरोध गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।  एक सूचना प्रकाशित गर्दै आस्पानले इलाम, विराटनगर खोटाङ, गाइघाट, इनरूवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगोलीमा कुनै पनि बेला  इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।  नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको...

इन्टरनेट सेवा नरोकिने, सञ्चार मन्त्रालय डलर सिफारिस गर्न सहमत

काठमाण्डाै - तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले उज्यालोलाई जानकारी दिनु...

इन्टरनेट सेवा अबरुद्ध नगर्न प्रदायक सहमत

काठमाडौं। देशव्यापी रुपमा बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ। सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द […]

अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने

काठमाडौं, वैशाख १८ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो। इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा बाहिरबाट ब्यान्डविथ खरिद गरेर इन्टरनेट सेवा दिइरहेका छन्। उनीहरूले विदेशीसँग खरिद गरेर प्रयोग गरेको ब्यान्डविथकोे भुक्तानी […]

अर्को साताबाट मुलुकभर इन्टरनेट सेवा बन्द हुन सक्छ : आइस्पान

वैशाख १७, काठमाडौं ।  इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आगामी वैशाख १९ गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई  बहिस्कार गर्ने निर्णय गरेको छ। विभिन्न चार बुँदे माग राख्दै आइस्पानले उक्त दिवस बहिस्कार गर्ने निर्णय गरेको हो।  आइस्पानको कार्यकारी समितिको बैठकले विदेशी मुद्रा कारोबारमा सरकारले रोक लगाएकोमा विरोधमा उक्त दिवस बहिस्कार गर्ने निर्णय गरेको हो । साथै उसले आगामी साताबाट मुलुकभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी पनि दिएको छ।  नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ खरीद गरेर सञ्चालन हुँदै आएको छ।  उक्त ब्यान्डविथ  प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्नेमा सञ्चार मन्त्रालयले आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा पूर्ण रोक लगाएको छ। साथै उसले छ महीनादेखि ब्यान्डविथ भुक्तानी गर्न नसकेको भन्दै सेवा नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो। आइस्पानका अध्यक्ष सुधीर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको उल्लेख गरेका छन्।  मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको आरोप आइस्पानले लगाएको छ।   मन्त्रालयले बेरुजुको विषयलाई लिएर विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रको इन्टरनेट सेवा नै बन्द गर्न अग्रसर भएको आरोप आइस्पानले लगाएको छ।  बेरुजु रकम दाखिला गर्न नेपाल दूर सञ्चार प्राधिकरणले आइस्पानको सदस्य संस्था वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको नाममा दिएको आदेश पत्रको विरुद्धमा सर्वोच्च अदालतले २०७७ असार १२ गते उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश जारी गरेको थियो।  बेरुजुलाई बहाना बनाएर सरकारले अनावश्यक रुपमा विदेशी मुद्रा भुक्तानीको सिफारिस रोकेको भन्दै इन्टरनेट सेवा प्रदायकहरु सरकासँग रुष्ट छन्।  सोही किसिमको बेरुजु रहेको बहानामा टेलिभिजन सेवा प्रदायकहरुलाई पनि विदेशी मुद्रा सिफारिस रोकिएकाले टिभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको सेवा प्रदायकहरुको भनाइ छ । राज्यका विभिन्न निकायहरु इन्टरनेट बन्द गराउने उद्धेश्यका साथ निरन्तर लागिरहेको आभास भएको भन्दै उसले विगत छ महीनादेखि नै इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता भइरहेको बताएको छ । साथै उसले अत्यावश्यक इन्टरनेट सेवा, मानव अधिकार भित्र पर्ने इन्टरनेट बन्द गर्ने, निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुत्साहित गरि सिध्याउन खोज्ने प्रवृतिको देखिएको र चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी  सरकारले लिनुपर्ने पनि बताएको छ ।

प्राधिकरणले तार काट्दा २० करोड क्षति भएको इन्टरनेट सेवा प्रदायकको दाबी

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न

प्रेस स्वतन्त्रताका पक्षमा प्रतिवद्ध छौं : आइस्पान

१७ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर नेपाल (आइस्पान) ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिवद्ध रहेको बताएको छ । इन्टरनेट सेवा प्रदायकको विषयमा पछिल्लो समय बाहिर आएका समाचारहरु प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आईस्पानले यस्तो बताएको हो । ‘राज्यको चौथो अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै […]

इन्टरनेट सेवामा ४२ प्रतिशत कर

१० भदौ, काठमाडौं । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा छ । तर, इन्टरनेट सेवामा विभिन्न किसिमबाट सरकारले करिब ४२ प्रतिशतसम्म कर उठाइरहेको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले गरेको विश्लेषणअनुसार सरकारको करका कारण नै इन्टरनेट सेवा महँगिँदै गएको छ । सेवा प्रदायकको खर्च र निश्चित प्रतिशत मुनाफाबाहेक इन्टरनेट सेवामा ग्राहकले तिर्ने शुल्क सरकारले करका रुपमा प्रत्यक्ष्य […]