नेपाल विद्युत् प्राधिकरणले इन्टरनेटको तार काट्दा देशभरमा २० करोड रुपैयाँ क्षति भएको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले एकै दिन करिब २० करोडको क्षति गराइदिएको बताए ।उनले रातोपाटीसँग भने, ‘विद्युत् प्राधिकरणले एक दिन तार काट्दा हाम्रो करिब २० करोड क्षति भएको छ । प्राधिकरणले दम्भका आधारमा देशभर इन्टरनेट अवरुद्ध गर्ने तयारी गरिरहेको छ ।’ प्राधिकरणले तार काट्दा देशभरको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै यसो न