फागुन १३, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
कम्पनीले गत पुस २८ गते सम्पन्न १६औं साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर नपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
कम्पनीले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने बताएको छ ।
साथै, कपनीले हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा आफूलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालयमा वा कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै हितग्राही खातामा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।