सबैको लघुवित्तसहित तीन कम्पनीले पठाए बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा

काठमाडौं । तीन कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएका छन् । सबैको लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएका हुन् । यी तीन ओटै कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ । सबैको लघुवित्त वित्तीयले गत फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ प्रतिशत बोनस शेयर गत फागुन १२ गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र सांग्रिला डेभलपमेन्ट बैंकले गत चैत १७ गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित ८ दशमलव ५३ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ ।  सबैको लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर वितरण

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । चैत १४ गते बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । यदि कर्जा राफसाफ भई सकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ । यस वर्ष कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको हो । कर समेत ११ प्रतिशत नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखिनै वितरण गरेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

आइएमई लाइफको आइपिओ निष्काशनपछि २५ प्रतिशत बोनस शेयर

आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशन गरेपछि न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउन सजिलै २५ प्रतिशत बोनस शेयर दिनसक्ने देखिएको छ। कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्काशन गर्दैछ। सर्वसाधारण समूहको एक करोड २० लाख कित्तामध्ये ६ लाख कित्ता कर्मचारीहरूलाई आधार मूल्यमै बिक्री गर्नेछ। बाँकी […]

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने

नेको इन्स्योरेन्सले बुधबार आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिक साधारण सभा कम्पनीले कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो भने सो क्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरे ।  सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  सूचीकृत शेयर बुधवारबाट कारोबार गर्न मिल्ने खबर राजधानी दैनिकमा छ ।

राधी विद्युत कम्पनीको ३६ प्रतिशत बोनस शेयर फ्रिज हुने

काठमाडौं, २१ भदौ । राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको छ । ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज हुने भएको कम्पनीले सोमवार सुचना जारी गर्दै जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर फ्रिज हुन नदिन सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ । कम्पनीले असार २९ […]

नेप्सेद्वारा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ बोनस शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीले उक्त बोनस शेयर वापतको ८० हजार १४२ दशमलव २६ कित्ता शेयर साउन ५ गते सुचिकृत गरेको हो । असार २१ गते सम्पन्न भएको साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर […]