मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको ११ लाख १५ हजार ७३३ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत बोनस शेयर सम्बन्धित शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

मितेरी डेभलपमेन्ट बैंकले वितरण गर्‍यो बोनस शेयर

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । पुस १४ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित गरेको ९ दशमलव ५० प्रतिशत बोनस शेयर फागुन १० गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । यस वर्ष कम्पनीले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले पारित गरेको हो । कम्पनीले साविक चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख १ हजार रुपैयाँको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँ कायम भएको छ । मङ्सिर २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । कम्पनीले लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि मङ्सिर २८ गते एक दिन बुक क्लोज गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम छ । गत वर्ष कम्पनीले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

मितेरी डेभलपमेन्ट बैंकद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

फागुन १३, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।  कम्पनीले गत पुस २८ गते सम्पन्न १६औं साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर नपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको जानकारी दिएको छ ।   कम्पनीले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने बताएको छ ।   साथै, कपनीले हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल वा आफूलाई पायक पर्ने प्रभु बैंकको शाखा कार्यालयमा वा कुनै निक्षेप सदस्यहरुमार्फत हितग्राही खाता खोली शेयर डिम्याट गरी बोनस शेयर सोझै हितग्राही खातामा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

फागुन ११, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर बापतको १० लाख ६० हजार ५११ दशमलव ३३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. ९० करोड ३४ लाख २८ हजार पुगेको छ । बैंकले बोनस शेयर कर प्रयोजनका लागि लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले कर तिर्नुपर्ने छैन । बैंकको गत पुस २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले यस वर्षको लाभांश पारित गरेको थियो । धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात बैंकले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्नेछ । बिहीवारदेखि कारोबारयोग्य हुने बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

आज १० कम्पनीले साधारणसभा गर्दै (सूचीसहित)

आज पुस २८ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १० वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, पन्चकन्या माई हाइड्रो, तेह्रथुम पावर, बोटलर्स नेपाल तराइ, न्यादी हाइड्रो, पाँचथर पावर र बोटलर्स नेपाल बालाजुले साधारणसभा गर्न लागेका हुन् ।यी मध्ये ४ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, र उन्नति सहकार्य लघुवित्तले मात्र लाभांश प्रस्ताव गरेका छन् ।मितेरी डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  ।

नेपाल पुनर्बीमा सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १३ गते मंगलबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १४ मा बुक क्लोज गर्ने निर्णय गरेका नेपाल पुनर्बिमा कम्पनी , मितेरी डेभलपमेन्ट बैंक र उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्।नेपाल पुनर्बीमा कम्पनीले  पुस २२ गते बिहिबार कार्की ब्याक्वेटमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।   कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव:१. आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिवाट प्रस्तावित हालको चुक्ता पूँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दश अर्ब) को २.५० (दुई दशमलव पाँच शून्य) प्रतिशतको दरले रु. २५,००,००,०००/- (अक्षरेपी पच्चिस करोड) नगद लाभांश (लाभांश कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्याम कार्की एण्ड कं.चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिको लागि योग्य रहेको ।)५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने ।६ . नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू श्री दिप प्रकाश पाण्डे र श्री डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने ।विशेष प्रस्ताव१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी रु.१०,००,००,००,०००/- (दश अर्ब) को १६.५० (सोह दशमलव पाँच शून्य) प्रतिशतका दरले हुन आउने रु.१,६५,००,००,०००/-(एक अर्ब पैसठी करोड) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.११,६५,००,००,०००/- (एघार अर्ब पैसठी करोड) कायम हुने र सोही बमोजिम प्रबन्धपत्रको दफा ६(२) र ६(३) मा छलफल गरी देहाय बमोजिम संशोधन गर्ने ।कम्पनीले तल्काल जारी गर्ने शेयर पँजी रकम रु. ११६५०००००००/- (एघार अर्ब पैसठी करोड) हुनेछ। सो पूँजीलाई प्रति शेयर रु. १००/- का दरले ११,६५,००,०००/- (एघार करोड पैसठी लाख) कित्ता शेयरमा विभाजित गरिनेछ।दफा ६(३) : कम्पनीको चुक्ता पूँजी रु. ११,६५,००,००,०००/- (एघार अर्व पैसठी करोड) हुनेछ।२. सञ्चालक समितिको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्ने ।३. कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा (१)(ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने ।४. कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले  पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा  नगद गरि कुल  १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ  ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव हरु : साधारण प्रस्ताव: १. संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आ.व. २०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने ।२. लेखा परिक्षकको प्रतिबेदन सहितको २०७८ अषाढ मसान्तको बासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह बिबरण पारित गर्ने।३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (बर्तमान लेखापरिक्षक श्री अनुप कुमार श्रेष्ठ वि. आ.एस. न्यौपाने पुनः लेखापरीक्षणको लागी योग्य हुनुहुन्छ ।)४. संचालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पुँजीको ०७० प्रतिशतले हुने रकम रु.५५,८१,६३८।५६ (अक्षेरेपी रु पचपन्न लाख एकासी हजार छ सय अडतीस र पैसा छपन्न) मात्र दिने प्रस्ताव स्वीकृत गर्ने ।५. बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।विशेष प्रस्ताव: १. संचालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७७/०७८ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजिको १३।३० प्रतिशतका दरले हुने बोनश शेयर रकम रु.१०,६०,५१,१३२।६९ (अक्षेरेपी रु.दश करोड साठी लाख एकाउन्न हजार एकसय बत्तीस र पैसा उनन्सत्तरी) मात्र प्रदान गर्ने प्रस्ताव स्विकृत गर्ने ।२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन/संशोधन तथा थप गर्ने ।३. मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा :अ) यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने ।आ) एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले  पुस २८ गते बुधबार भैरहवाको होटेल मौर्यामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् उक्त लाभांश  लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पेश हुने छ। कम्पनीले  १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको एफपिओ निष्काशन प्रस्ताव गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्तावहरु :१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०७७/७८ को प्रतिवेदन पारित गर्ने।२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने ।३. कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व.२०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने ।विशेष प्रस्तावहरु :(१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम, २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ३०% (तिस प्रतिशत) रु. ५,२८,५०,९११।९१ (अक्षरुपी पाँच करोड अट्ठाईस लाख पचास हजार नौ सय एघार रुपैयाँ एकाननब्बे पैसा मात्र) बोनस शेयर स्वीकृत गर्ने ।(२) विशेष प्रस्तावको नं १ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न रकम रु १,७८,४५,११८०३ (अक्षरुपी एक करोड अठहत्तर लाख पैंतालीस हजार एक सय अठार पैसा तीन मात्र) बराबरको पुन, सर्बसाधारणलाई धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारी गर्ने प्रस्ताव पारित गर्ने।(३) विशेष प्रस्तावको नं १ र २ बमोजिम बोनस शेयर बाँडफाँटपश्चात् तथा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) जारीपश्चात्, पुँजी वृद्धि गरी जारी तथा चुक्ता पुँजी रु. २४,६८,६५,७३६।३२ (अक्षरुपी चौबीस करोड अठसठ्ठी लाख पैसठ्ठी हजार सात सय छतिस पैसा तीन दुई मात्र), अधिकृत पूँजी रु. ५०,००,००,०००।- (अक्षरुपी पचास करोड मात्र) कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।(४) प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।(५) सञ्चालकको भत्ता तथा सुविधा बृद्धि गर्ने ।(६) भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने (Merger) वा प्राप्ति गर्ने प्राप्ति हुन जाने (Acquisition) प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

१४% लाभांश प्रस्ताव पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

पुस ७, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २८ गते १६औं साधारण सभा बोलाएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान ११ बजे शुरु हुनेछ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम चुक्तापूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीयसंस्थालाई प्राप्ति गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत सभाको लागि तय भएका छन् । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले  लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १३.३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा  नगद गरि कुल  १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।