काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्ष को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताउनुभयो ।
‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारील...