प्रहरीले राजधानीबाट ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्द गराउँदै हिँड्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले साँखु र महाराजगञ्जबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, बेथितिलगायतको विरोध गर्दै विप्लव समूहले बन्द गरेको हो ।