धनगढी : भारतकाे नियन्त्रणमा रहेकाे दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएकाे छ। २०१८ सालपछि जनगणना हुन नसकेको उक्त क्षेत्रमा अहिले चुच्चे नक्सा सार्वजनिक भएपश्चात गणना हुन्छ कि भन्ने अपेक्षा धेरैको छ। तर जनगणना कार्यालय दार्चुलाका अनुसार उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हाे। जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले भने, ‘जहाँसम्म नेपाल सरकारको उपस्थिति छ, जहाँसम्म सरकारले आफ्नो भूमी उपभोग गरिरहेको छ र जहाँसम्म प्रशासनक