अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा !

काठमाडौँ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सो क्षेत्रमा गणकहरूको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ, त्यो गर्न […]

सम्बन्धित सामग्री

अमेरिकी जनगणना रिपोर्ट: १७ बर्षसम्मका नेपालीहरु झण्डै ५७ हजार

अमेरिकामा सन् २०२० मा गरिएको जनगणनाको तथ्यांक अनुशार नेपालीहरुको जनसंख्या २ लाख १९ हजार ५ सय ३ रहेको विवरण विहिबार सार्वजनिक भएको थियो । जसलाई कतिपय नेपालीहरुले वास्तविक नम्बरभन्दा कम गणना भएको बताइरहेका छन् । अमेरिकामा सन् २०२० को जनगणनामा सहभागी भएकाहरुको संख्याको आधारमा यो विवरण सार्वजनिक गरिएको हो । जनगणना ब्यूरोले अमेरिकामा नेपाली जनसंख्याको […]

जनगणना नतिजामा अलमल

जनगणनाको महत्त्व विभिन्न हिसाबले छ। जनसंख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य संख्या एकिन हुन्छ।...

पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पुरानै जनगणनाका आधारमा समानुपातिकतर्फ सिट निर्धारण हुने भएको छ । २०७८ सालमा जनगणना भएर नयाँ तथ्यांक आए पनि पुरानै गणनाका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधित्व हुने भएको हो । संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गराउने […]

जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या

काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो […] The post जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय जनगणना–२०७८ सम्पन्न, जनसंख्या झण्डै तीन करोड पुग्ने

काठमाडौँ, १० मङ्सिर। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको […]

राष्ट्रिय जनगणनाको चर्चा र चुनौती

‘मेरो जनगणना मेरो सहभागिता’ मूल नारासहित १२ औं राष्ट्रिय जनगणना यही कात्तिक २५ गतेदेखि सुरु भई मंसिर ९ गते सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत भदौ ३० गतेदेखि कात्तिक १८ सम्म गरिएको घर तथा घरपरिवार सूचीकरणको मूल आधारमा जनगणना गरिंदै छ । पूर्वतयारीदेखि तथ्यांकको प्रशोधन गरी प्रकाशनसम्मको झन्डै पाँचवर्षे अवधिको यस कार्यक्रममा करिब ४ […]

आजदेखि राष्ट्रिय जनगणना शुरू

काठमाडौं । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आज (बिहीवार) देखि शुरू हुँदै छ । १५ दिनसम्म चल्ने जनगणनाको थालनी राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर केन्द्रीय तथ्यांक विभागले शुरू गर्न लागेको छ । राष्ट्रिय जनगणनाको यो १२औं शृंखला हो । विसं १९६८ देखि नेपालमा जनगणना हुने गरेको छ । मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाबाट नेपालको जनसंख्या ३ करोड नपुग्ने अनुमान तथ्यांक विभागको छ । जनगणनाको पूर्वसन्ध्यामा बुधवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ३ करोड जनसंख्या नपुग्ने अनुमान गरिएको बताए । नेपालको जन्मदर कम हुँदै गएको र विदेश पलायन पनि बढेकाले जनसंख्याले ३ करोडको आँकडा पार नगर्ने अनुमान विभागको छ । राष्ट्रिय जनगणना कार्यका लागि ४० हजार गणक परिचालन हुँदै छन् । एउटा परिवारको तथ्यांक संकलन गर्न करीब ३० मिनेट लाग्नेछ । ८० ओटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक श्रेष्ठले बताए । एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । १५ दिनसम्म जनगणना हुने विभागले जानकारी दिएको छ । जनगणनाका लागि कुल ४ अर्ब रुपैयाँ खर्च हुने भएको छ । जनगणनाको सम्पूर्ण काम सक्न ५ वर्षको समय लाग्ने श्रेष्ठले बताए । उनका अनुसार यसअवधिमा ४ अर्ब रुपैयाँ खर्च हुनेछ । ‘सबैभन्दा बढी यस वर्ष ३ अर्ब जनगणनामा खर्च हुन्छ । त्यसमा पनि १ अर्ब ६० करोड गणक र सुपरिवेक्षकको तलब भत्तामै जान्छ,’ श्रेष्ठले भने । विभागले सातओटा प्रदेशमा जनगणना कार्यालय, ८७ ओटा जिल्ला जनगणना कार्यालय तथा ३४९ स्थानीय जनगणना कार्यालय खडा गरेको छ । यसअघि गणकहरूमा प्रायः शिक्षकलाई राखिने गरेकामा यसपटक भने शिक्षकलाई सुपरिवेक्षकमा खटाइएको छ । कम्तीमा प्रवीणता प्रमाणपत्र अध्ययन सकेका ४० हजार बेरोजगार युवालाई स्थानीय तहको प्राथमिकताका आधारमा गणकमा नियुक्त गरिएको श्रेष्ठले बताए । काठमाडौंलगायत ६ शहरमा जनगणनाका लागि ट्याबलेटको प्रयोग गरिने भएको छ । २२ सय ५० ओटा ट्याबलेट प्रयोग हुनेछ । ट्याबलेट महँगो पर्ने भएकाले सबै ठाउँमा प्रयोग गर्न नसकिएको श्रेष्ठको भनाइ छ । विभिन्न देशको कूटनीतिक कार्यालय, दूतावासहरूमा काम गर्ने नेपालीहरूको भने इ–सेन्ससबाट गणना गरिने भएको छ । नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूलाई जनगणनामा सहभागी गराइने तयारी विभागले गरेको छ । केन्द्रीय तथ्यांक विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । उक्त क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिनेछ । शुरूमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक श्रेष्ठले बताए । उनका अनुसार अहिले उक्त क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन । त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको छ । ‘उक्त क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि त्यस क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौं,’ उनले भने । उक्त क्षेत्रमा करीब ८०० परिवार रहेको प्रारम्भिक अनुमानमा विभागको छ ।

‘जनगणना-२०७८’ का केही फरक विशेषता

भोलि २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन लागेको हो । घर तथा घरपरिवार सूचीकरणकै आधारमा जनगणना गरिने तथ्याङ्क विभागले जनाएको छ । यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली त...

‘जनगणनाको तथ्याङ्का आधारमा भाषा सिफारिस’

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।     आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै आज विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्याकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोध...