सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् लाभांश र मर्जरसहितका प्रस्ताव

सानिमा लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २० गते सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्तावपेश हुने छन् । कम्पनीले आ.व. २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको चार दशमलव दुई प्रतिशत (४.२%) बोनस शेयर तथा कर प्रयोजनको लागि शुन्य दशमलव बाइस प्रतिशत (०.२२%) गरी जम्मा चार दशमलव बयालिस प्रतिशत (४.४२%) लाभाशं बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले सभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावहरु : १. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०७६/०७७ वार्षिक प्रतिवेदन सम्बन्धमा । २. आ.व. २०७६/०७७ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली लागू गरि तयार गरिएको वित्तिय विवरण माथि छलफल गरी पारित गर्ने सम्बन्धमा । ३. आ व. ०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । ४. सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने एक (१) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धमा। ख. विशेष प्रस्तावहरु : १. कम्पनीको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा । २. लाभांश बापत हाल कायम रहेको चुक्ता पूँजीको ४४२ प्रतिशत लाभांश (कर सहित) जम्मा रु.८८,४२१,०५३।- बापत बोनस शेयर (४२ प्रतिशत बापत रु.८४,०००,०००।- र उक्त बोनस शेयरमा लाग्ने ०.२२ प्रतिशत कर बापत रु ४,४२१,०५३।-) वितरण गर्ने सम्बन्धमा।३. कम्पनीको प्रबन्धपत्रमा पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा। ४. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै फेरवदल वा संशोधन गर्न निर्देशन दिएमा सो फेरबदल वा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा । ५. यस कम्पनीले पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा एक-आपसमा गाभिने सँग सम्बन्धित प्रचलित नियम कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुले निर्देशन गरे बमोजिम विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

सम्बन्धित सामग्री

केयर रेटिङ्गस नेपालले २१.०५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

केयर रेटिङ्गस  नेपालले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १५ गते बिहिबार पुतलीसडक स्थित आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो ।कम्पनीले सभामा लाभांश सहितक विभिन्न प्रस्ताव पेश गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २१.०५२६३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।त्यस्तै सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको कार्यालयको ठेगाना परिवर्तन गर्ने, सोहि अनुसार प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ । यो कम्पनी भारतको केयर रेटिंग लिमिटेडको सहायक कम्पनी हो । यसमा विशाल समुह, इमार्जिंग नेपाल , नेपाल पुनर्बिमा, ग्लोबल आईएमई बैंक, प्रुडेन्शियल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन लगायतको लगानी छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा ११ फागुनमा

लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ ।सभाले २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७६-०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७-०७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रकि […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते बुधबार सम्पन्न हुने गरि साधारणसभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक  वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।त्यस्तै सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने , लगायतका प्रस्ताव पेश हुने छन्।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सूर्या लाइफले बोनस शेयर र नगद लाभांश दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ का

सूर्या लाइफको तेह्रौं वार्षिक साधारणसभा : सेयरधनीलाई १३.३६ प्रतिशत लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ । विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपै

एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश […]

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा असार ६ गते

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा आह्वान गरेको साधारणसभा निषेधाज्ञाको कारण अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको थियो । सोही सभा अब असार ६ गते सोहि स्थानमा हुने जनाएको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित हुँदै

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो ।कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने कम्पनीले जनाएको छ । अहिले कम्पनीको चुक्ता पुँजी […]