प्रिमियर इन्स्योरेन्स Premier Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २१ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले यस अघि ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा बीमा समितिले कर प्रयोजनको लागि बाहेक नगद लाभांश बितरण गर्ने रोक लगाएपछि कम्पनीले लाभांश दर संशोधन गर्दै १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीले सभाको माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ४ गतेसम्म कायमं शेयरधनीलेमात्र सभामा भाग लिन त्तहा प्रस्तावित लाभांश पाउने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव: क) सामान्य प्रस्ताव : १। संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २। लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण पारित गर्ने । ३। यस कम्पनीको हालको चुक्ता पूँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश रकम रु ८०,५९,२००/- बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गर्ने । ४। आ.व. २०७८१/७९ को लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने। ५। विविध । ख) विशेष प्रस्ताव : १) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको १४.२५ प्रतिशतले हुने रकम रु. १५,३१,२४,८००/- बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । २) कम्पनीको नियमावली संशोधन गर्ने बारे । ३) निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने ।