एनएलजी इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरी १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश […]

सम्बन्धित सामग्री

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

एनएलजी इन्स्योरेन्सको १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १७औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको अधिकृत पूँजी रू. १ दशमलव ५० अर्बबाट वृद्धि गरी रू. ३ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ । सभाले चुक्तापूँजी रू. १ अर्ब ३२ करोड ६६ लाख १४ हजारको १० प्रतिशतले हुने रू. १३ करोड २६ लाख ६१ हजार बराबर बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको छ । उक्त बोनस शेयरमा लाग्ने कर समायोजका लागि नगद लाभांश शून्य दशमलव ५२६३ प्रतिशतले हुने रू. ६९ लाख ८२ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । स्वतन्त्र सञ्चालक पदमा कविराज अधिकारीलाई चार वर्षका लागि गरिएको नियुक्तिलाई सभाले अनुमोदन गरेको छ ।

एनएलजी इन्स्योरेन्सको १६ औं साधारण सभा आज, १०.५२% लाभांश पारित हुँदै

चैत १७, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १६ औं वार्षिक साधारण सभा आज (बिहीवार) हुँदैछ । कम्पनीले सभा अम्रपाली व्याक्वेंट, थिरबम सडक बालुवाटारमा बिहान १०:३० बजे हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

१०.५२% लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले आह्वान गर्‍यो १६ औं साधारण सभा

फागुन २४, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १७ गते १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले अम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १०:३० बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि चैत ६ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत ६ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।