काठमाडौं : एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली टिम बुधबार कतार प्रस्थान गर्दै छ। टिम कतार प्रस्थान गर्नुअघि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठलाई दिइएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मंगलबार साँझ राष्ट्रिय टिमको बिदाई गरे।जुनमा हुने छनोटका लागि नेपाली टिमले कतारमा अभ्यास गर्नेछ। कुवेतमा हुने प्रतियोगिताको तयारीका लागि नेपाली टिमले कतारमा १० दिनको प्रशिक्षण गर्नेछ। कतारको राजधानी दोहामा यसअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका भएप