दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-७ खैरेनी निवासी केशव डाँगीको ४ वर्षीय छोरा स्मार्ट डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।हापुरेबाट तुलसीपुरतर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार बेलुका करिब पौने ५ बजेतिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका-२ निवासी अर्जुन चौधरीलाई