पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले रातोपाटीलाई बताए ।भैहरवा–भूमही सडक खण्डमा सो मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० बस्ने २७ वर्षीय नरेन्द्र चौधरी