स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समूहमा फिल्म छायांकन गर्ने अनुमति सरकारले दिएपछि अहिले धमाधम फिल्म छायांकनका लागि फ्लोरमा निस्किन थालेका छन् ।यस्तैमा फिल्म ‘यो मेरो दिल’ पनि छायाँकन सुरु भएको छ । फिल्मको आइतबार सुटिङ सुरु भएको हो । फिल्म नुवाकोट आसपासको स्थानमा छायाँकन भइरहेको निर्देशक शंकर अधिकारी घायलले बताए । फिल्मले प्रेमका आरोह र अवरोहको कथा बिषयबस्तु बनाएको उनले सुनाए ।समाजभित्रका विभिन्न विकृति र कुरीतिलाई समेत देखाउने फिल्ममा विवन तामाङ, प्रवेश लिम्बू, प्रतिमा राई