नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ । कोरोनाको लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो । उनी माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आएका थिए । उनी हिजै काठमाडौँबाट घर फर्किदा बाटैमा कोरोनाको लक्षण देखिएको थियो । राती अलिकति असहज भएपछि मंगलबार बिहान टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको नेता साहले बताए । उनको स्वास्थ्य अवस्था समान्य छ ।