नेकपा माओवादी केन्द्र प्रदेश २ को विवाद गहिरिँदै गइरहेको छ । जिल्ला जिल्लाबाट अत्यधिक प्रतिनिधि आएको भन्दै हिजाे तय भएको प्रदेश २ को अधिवेशन स्थगित भएको थियो । सहमति गर्दै आज त्यसलाई टुंग्याउने भनिएको थियो तर विवाद अझै मिलेको छैन । प्रदेश २ मा २७१ सदस्यीय कार्यसमिति चयन गर्नुछ । तर आकांक्षीहरु धेरै भएका कारण त्यो सम्भव देखिएको छैन । सर्लाहीको लालबन्दीमा भइरहेको अधिवेशनमा सहभागी एक नेताका अनुसार पुस ११ गते हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनअघि प्रदेश २ को विवाद समाधान हुने सम्भावना निक