माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने

महोत्तरी – नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले एउटा मन्त्रालय लिएर शनिवार सहभागी हुने भएकाे हाे ।  नेकपा माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले उज्यालोसँग कुराकानी गर्नु हुँदै आफ्नै नेतृत्वमा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताउनुभयो । शनिवार दिउँसो ३ बजेको समयमा आन्तरिक मामिला, सञ्चार वा भूमि व्यवस्था मध्ये एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने निश्चित भएकाे उहाँले जा...