सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बिमा समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेको हो । गृहसचिवबाट सेवा निवृत्त भएका सिलवाल उद्योग सचिव पनि भएका थिए।
नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।
नेपाल बिमा समिति मंगलबारदेखि औपचारिक रुपमा नेपाल बिमा प्राधिकरणमा रुपान्तरण भएको छ ।मंगलवार कुपण्डोलस्थित पुरानो बिमा समितिको भवनमा नेपाल बिमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरूवात गरेका छन् । सरकारले ल्याएको नयाँ बिमा ऐन २०७९ मंगलबारबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । गत भदौ […]
काठमाडौं । बिमा समिति यही कात्तिक २२ गतेबाट (प्राधिकरण) बन्दैछ । समितिले प्राधिकरणको लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा संकेतलाई यथावत् राखिएको छ । नयाँ बीमा ऐन २०७९ कात्तिक २२ गतेबाट लागु हुनेछ । बीमा समिति प्राधिकरण बने पनि त्यही जनशक्ति रहनेछ […]
अर्थमन्त्री जनार्दन शर्माले बिमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् ।बिमा समितिले एक कार्यक्रमका बीचमा पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हो । समितिले गत असार एक गतेदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर औपचारिक रुपमा भने बिहीबार उद्घाटन गरेको छ ।कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण […]
सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहे
बिमा समितिले निकट भविष्यमै तीन वटा प्रदेशमा आफ्नो प्रादेशिक कार्यालय खोल्ने भएको छ । सात वटै प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याउने बिमा समितिको योजनाअनुरुप पहिलो चरणमा तुलनात्मक रुपमा पिछडिएका सूदुरपश्चिम, कर्णाली र प्रदेश २ मा शाखा कार्यालय खोल्ने तयारी भएको समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बताए ।
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले ‘निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकिएकामा महासंघद्वारा बिमा समितिको गम्भीर ध्यानाकर्षण’ शीर्षकमा बुधबारमा जारी प्रेस विज्ञप्तिप्रति यस बिमा समिति (नेपालको बिमा नियमनकारी निकाय) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुलुकमा व्यापार व्यवसायको बिमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यसाथ समितिले गैरमहसुल बिमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर […]
नेपालमा बिमा व्यवसाय सुरु भएको करिब ७० वर्ष भइसकेको छ । बिमा व्यवसायलाई सुरक्षित, भरपर्दो बनाउन नियमनकारी निकाय बिमा समिति स्थापना भएको पनि आजबाट ५० वर्षमा प्रवेश गरेको छ ।...पूरा पढ्नुहोस् »