'बीमा कम्पनीहरूले मर्जरको आवश्यकताबोध गराइरहेका छन्', बीमा समिति अध्यक्ष सिलवालको लेख

सूर्यप्रसाद सिलवालअध्यक्ष, बिमा समितिनेपालको समग्र बिमा क्षेत्रले सात दशक पार गरिसकेको छ । जीवन बिमाको अनुुभवसमेत ५ दशक लामो भइसकेको छ । वि.सं. २००४ मा नेपाल बैंकको सक्रियतामा नेपाल माल चलानी तथा बिमा कम्पनी (वि.सं. २०४८ मा परिवर्तन गरेर नेपाल इन्स्योरेन्स) को स्थापना भएदेखि औपचारिक रूपमा नेपालमा बिमाको सुुरुवात भएको हो । नेपाल इन्स्योरेन्सले निर्जीवन बिमा व्यवसाय गर्दै आएको छ । यद्यपि विदेशी कम्पनीहरूले त्यसअघि पनि बिमाको काम गर्दै आएको अनुमान छ ।जीवन बिमा व्यवसाय भने २०२९ सालदेखि सुरु भएको हो । वि.सं. २०२५ मा स्थापना भएको राष्ट्रिय बिमा संस्थानले स्थापनाको ४ वर्षपछि जीवन बिमा व्यवसाय सुरु गरेको हो । स्थापनाका सुुरुवाती दिनमा संस्थानले पनि निर्जीवन बिमा व्यवसाय मात्रै गरेको थियो । त्यतिबेला जीवन बिमा व्यवसाय गर्ने शाखा राष्ट्रिय बिमा संस्थानकै रूपमा क्रियाशील छ भने निर्जीवन बिमा व्यवसाय गर्दै आएको संस्थानको अर्को शाखा भने छुट्टिएर राष्ट्रिय बिमा कम्पनी (२०७१ असार २७ गते बिमा समितिबाट अनुमति लिएर) बनेको छ ।नेपालमा औपचारिक बिमाको सुुरुवात भएको लामो समय गुज्रिए पनि बिमा क्षेत्र उत्साहजनक रूपमा अगाडि बढ्न सकेको छैन । हालसम्म बिमा पहुँच २५ प्रतिशत पुुगेको अनुुमान छ । पछिल्लो ५ वर्षमा मात्रै बिमा क्षेत्रले केही गति लिएको देखिन्छ । ५ वर्षअघि र अहिलेको तथ्यांक हेर्दा बिमाको पहुँच, बजारको विस्तार र जनताको बुझाइमा धेरै अन्तर देखिन्छ । यद्यपि, बिमा क्षेत्रमा अझै पनि विभिन्न समस्या देखिरहेका छन्, त्यसको समाधान गर्दै अगाडि बढ्नुपर्नेछ । बिमा व्यवसायीहरूकै सामान्य गल्तीका कारण बिमा क्षेत्रलाई उत्साहजनक रूपमा अघि बढाउन नसकेको प्रतित हुुन्छ । यद्यपि, नियामक निकाय बिमा समिति पनि अछुतो छ भन्न सकिन्न । समिति सधैं सक्रिय रहनुुपर्नेमा अधिकांश समय निष्क्रिय भएको अनुभूति हुन्छ । जसले बिमा क्षेत्रको विस्तार आशातित् रूपमा हुन सकेन । विगतको कमजोरीबाट सिक्दै बिमा क्षेत्रको विकासका लागि नियामक र व्यवसायीहरू मिलेर अघि बढ्नुको विकल्प छैन । बिमा व्यवसायी अर्थात् कम्पनीहरूले बजार विस्तार गर्ने, दायरा बढाउनेजस्ता काम गर्नुपर्छ । सबै जनतालाई बिमाको दायरामा ल्याउने गरी बिमालेख (पोलिसी) ल्याउनुपर्ने पर्ने दायित्व, जिम्मेवारी र अग्रसरता पनि बिमा कम्पनीहरूकै रहनुुपर्छ । समितिको काम नीतिगत समस्याहरूको समाधान गर्ने हो । पछिल्लो समय समिति पनि बिमाको विषयलाई लिएर जनताको माझमा जाने र बिमाको विकासका लागि चाहिने आधारभूत काम गर्न अग्रसर भइरहेको छ । जनतालाई बिमा बुझाउने र उनीहरूलाई बिमाको दायरामा ल्याउने काम समितिले गर्नुपर्ने हुन्छ । समितिले स्थानीय तहसँग आवश्यक सहकार्य गरेर बिमा क्षेत्रको विस्तारका लागि काम गर्नेछ ।स्थानीय तहको भूमिका बिमाको दायरा विस्तार तथा पहुँच बढाउन स्थानीय तहको महत्वपूर्ण भूमिका हुन्छ । तर, स्थानीय तहमा बिमासम्बन्धी राम्रो अवधारणा विकास भइसकेको पाइँदैन । बिमाको आवश्यकता र गर्नुपर्ने काममा केन्द्रित रहेर समितिले स्थानीय निकायसँग अहिले अन्तक्र्रियात्मक कामहरू गरिरहेको छ । स्थानीय तहहरूले बिमाको महत्व र आवश्यकतालाई बुझेर आ–आफ्नो क्षेत्रभित्रका सबै नागरिक तथा आवासहरूको बिमा गराउन पहल गर्ने हो भने बिमा क्षेत्रले ठूलो फड्को मार्न सक्छ । विशेषगरी स्थानीय तहले गरिब परिवारलाई बिमाको पहुँचमा ल्याउन बजेटमार्फत नै विशेष पहल गर्नुपर्छ । आवश्यकताका आधारमा बिमा गर्दा अनुुदानहरूको व्यवस्था स्थानीय तहले गर्न सक्छ । साथै, आर्थिक रूपमा सम्पन्न परिवारलाई बिमा गर्न अनिवार्य नीति ल्याउनुपर्छ । बिमा गर्दाको फाइदा बिमा क्षेत्रलाई मात्र होइन, स्वयं बिमित र स्थानीय तहलाई पनि हुन्छ । पछिल्लो समय बाढी–पहिरोका कारण घरगोठमा क्षति पुुगेको छ । बाढी–पहिरोकै कारण मानिसहरूले ज्यान गुमाइरहेका छन् । त्यसको बढी आर्थिक भार स्थानीय तहलाई नै परेको छ । तत्काल राहत दिनेदेखि पुनरुउत्थानको नैतिक जिम्मेवारी स्थानीय तहलाई नै हुन्छ । जसले गर्दा स्थानीय तहसँग भएको बजेट विकास निर्माण कार्यमा नलगाई क्षतिपूर्तिमा लगाउनुपर्ने परिस्थिति बनिरहेको छ । यदि, बिमा गरिएको हुन्थ्यो भने प्राकृतिक प्रकोपले भएको क्षतिको आर्थिक सुरक्षण बिमा कम्पनीहरूले नै दिन्थे । राहत तथा पुनरुउत्थानमा खर्च हुने पैसा विकास निर्माणमा लगाउन पाइन्थ्यो । बिमाको वास्तविक भूमिकालाई बुझेर स्थानीय तहले बिमा नीति तर्जुमा गर्न सक्ने स्थानीय तह मात्र नभएर समग्र मुलुकलाई नै राम्रो हुुन्छ । बिमा उत्पे्ररणामा तदारुकताबिमाको महत्वलाई बुुझेर सरकारले केही क्षेत्रका बिमालाई अनिवार्य गरेको छ भने अझै केही क्षेत्रहरूमा बिमा अनिवार्य गर्नुपर्ने आवश्यकता छ । अहिले सवारीसाधनको हकमा तेस्रो पक्ष बिमा अनिवार्य गरिएको छ । यसले सवारी दुर्घटना हुुँदा सडकमा हुने धेरै अवरोधहरू हटेको मात्र छैन सवारीसाधन व्यहोर्नुुपर्ने ठूलो आर्थिक क्षति पनि जोगाएको छ । जसरी अहिले तेस्रो पक्ष बिमा नगरी सवारीसाधनको ‘ब्लुबुक’ नवीकरण हुँदैन ठीक त्यसैगरी अनिवार्य रूपमा घरको बिमा नगरेसम्म नक्सा स्वीकृत नगर्ने नीति स्थानीय तहले अवलम्बन गर्नुपर्ने आवश्यकता छ । घरको बिमा नगरेसम्म नक्सा स्वीकृति मात्रै होइन अन्य सेवा–सुविधा पनि नदिने नीति अख्तियार गर्नुपर्छ । त्यसका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । जबसम्म प्रदेश र स्थानीय तहले बिमालाई राम्रोसँग बुझ्दैनन् र सहयोग पनि गर्दैनन्, तबसम्म बिमा क्षेत्रले खोजेको उपलब्धि हासिल गर्न मुस्किल हुन्छ ।कतिपय क्षेत्रमा शिक्षा अभावका कारण पनि बिमा क्षेत्र ओझेलमा परेको छ । कतिपय नागरिकहरूले बिमा के–हो र त्यसले के काम कसरी गर्छ भन्ने जानकारी नभएका कारण बिमाभन्दा नाक खुम्च्याउने स्थिति पैदा भएको छ । उनीहरूलाई बिमाको फाइदा देखाएर कसैले उत्प्रेरणा गरेका छैनन् । जसले गर्दा बिमाको पहुँच बढ्न सकेको छैन । तर, अब दूरदराजमा पनि बिमाको पहुँच पु¥याउन सबै नागरिकको सहभागिता हुने गरी बिमालेख (पोलिसी) ल्याउनुपर्छ । पैसा भएका तर, बिमा नबुुझेका वर्गलाई बिमाबारे बुझाउन निकै गाह्रो पनि भइरहेको छ । त्यस्तै कतिपय बिमा बुुझेकाहरू पनि पैसा नभएर बिमाको दायरामा समेटिन सकेका छैनन् । जसले बिमा गर्न चाहन्छ तर, ल्याकत राख्दैन भने त्यस्ता व्यक्तिहरूको बिमा गरिदिन स्थानीय सरकार अग्रसर हुनुुपर्छ ।अझै पनि नेपालमा अति गरिबीमा जीवनयापान गरिरहेका केही समुदाय छन् । यस्ता समुदाय जहिले पनि समस्यामा फसिरहेको पाइन्छ । बाढी–पहिरो, आगलागीजस्ता घटना उनीहरूले नै बढी सामना गर्नुपरेको हुन्छ । प्राकृतिक विपत्तिको सामना गरेपछि उनीहरूलाई पुनरुउत्थान गर्न निकै गाह्रो हुन्छ । तर, उनीहरूलाई बिमाको दायरामा ल्याउने हो भने पुनरुत्थानमा सहज हुुन्छ । यद्यपि, अहिलेसम्म यस्ता समुदायलाई बिमाको दायरामा ल्याउने गरी कुनै नीति ल्याउन सकिएको छैन । गरिबीमा रहेको जनसमुदायले सहजै रेस्पोन्स (प्रतिक्रिया व्यक्त) गर्ने बिमालेख ल्याउन अहिले बिमा समिति प्रयासरत छ ।कोरोना महामारीमा बिमा कोरोनाले सारा संसार प्रभावित हुँदा नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । त्यस्तो स्थितिमा बिमा क्षेत्र मात्रै अछुतो नहुने कुरै भएन । तर, समग्र अर्थतन्त्रमा कोरोनाले पारेको असरजस्तो बिमा क्षेत्रमा प्रभाव परेन । यस अवधिमा बिमा व्यवसाय विस्तार पनि सकारात्मक रहनुु पक्ष हो । कोरोनाका कारण बिमा व्यवसायमा ह्रास आई नाफा पनि संकुचित हुने अपेक्षाविपरीत समग्र बिमा व्यवसाय १५ प्रतिशतले बढ्यो । तर, व्यवसाय बृद्धिदर भने केही खुम्चिएको छ । कोरोनाकालमै बढेको व्यवसाय कति दिगो हुन्छ, त्यो भने आगामी दिनलाई हेर्नैपर्छ । किनकि सुरुमा बिमा गरेर पछि समर्पण (सरेन्डर) गर्नेहरू प्रशस्तै छन् । कोरोनाका कारण बिमाशुुल्क तिर्न नसकेर सरेन्डर गर्ने बढ्न सक्छन् । कम्पनीहरूले वास्तविकता बुझी–बुझी अफ्ठ्यारो स्थितिमा बिमा गराउनुु कमजोरी थियो कि ? यद्यपि समितिले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यसका लागि बिमालेख सरेन्डर गर्न पाउने अवधिलाई दुई वर्षबाट बढाएर तीन वर्ष पु¥याइएको छ भने सरेन्डर गर्नुअघि तीन वर्षको बिमाशुल्क अनिवार्य बुझाएको हुनुपर्छ । त्यसपछि पनि विभिन्न सर्तहरू पूरा गर्नुपर्छ । बिमा व्यवसाय पुनरुउत्थानका लागि विशेष नीतिहरू ल्याउनुपर्ने हुन्छ । समग्र अर्थतन्त्रलाई पुनरुउत्थान गर्ने नीति आएको खण्डमा बिमा क्षेत्रको पनि पुनरुउत्थान हुन्छ । अन्य क्षेत्र चलायमान भएपछि त्यहाँबाट बिमा व्यवसाय आउने भएकाले बिमा क्षेत्र पनि चलायमान हुँदै जान्छ । कोरोना बिमाको सन्दर्भकोरोना बिमाको दाबी भुक्तानीमा भएको ढिलाइले समग्र बिमा क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्नहरू उठिरहेको छ । वास्तवमा कोरोना बिमा सुरु गर्नु नै गलत थियो । सैद्धान्तिक रूपमा महामारीको बिमा हुँदैन । तर, नेपालमा महामारीका रूपमा आएको कोरोनाको बिमा गरियो । जोखिम बढ्ने देखिएपछि महामारी सुरु भएको केही महिनामै एकाएक स्थगित गरियो । साढे तीन अर्ब रुपैयाँभन्दा माथिको दाबी आएमा सरकारले भुक्तानी दिने भएपछि मापदण्ड बनाएर फेरि कोरोना बिमा नियमित गरियो । बिमा समितिले एक अर्ब, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब, लघुबिमा पुलले एक अर्ब र निर्जीवन बिमा कम्पनीहरूले ५० करोड गरेर कुल तीन अर्ब ५० करोड रुपैयाँ बिमा क्षेत्रले दाबी दिने र त्योभन्दा बढी दाबी परे सरकारले व्यवहोर्ने व्यवस्था गरिएपछि मात्रै पुनः नियमित गरिएको थियो । यद्यपि चालु आर्थिक वर्ष सुुरु भएदेखि कोरोना बिमा बन्द भइसकेको छ । कोरोना बिमा गरिएको मध्ये अन्तिम समयसम्म १३ अर्ब रुपैयाँबराबरको दाबी माग भएको छ । बिमा क्षेत्रले आफ्नो दायित्वबराबरको दावी दिएर सापटीका रूपमा थप एक अर्ब भुक्तानी गरिसकेको छ । तर, सरकारले आफ्नो तर्फदेखि दिनुपर्ने नौ अर्बभन्दा बढी रकम निकासी गरिरहेको छैन । कोरोना बिमासम्बन्धी मापदण्डमा स्पष्ट रूपमा साढे तीन अर्बमाथिको दायित्व सरकारले व्यवहोर्ने भनेको छ । सरकारले पनि कोरोना बिमावापत्को दाबी हालसम्म दिन्न भनेको छैन । त्यसैले ढिलोचाँडो दाबी भुुक्तानी हुुन्छ भन्ने आशा छ । सरकारले बिमाको संवदेनशीलता बुझ्छ र जनताले ढिलो–चाँडो कोरोना बिमाबापतको दाबी भुक्तानी पाउँछन् भन्ने आशा मरिसकेको छैन । उता, मुलुक अझै पनि कोरोना महामारीको चरणमा छ । बिमाको महत्व झन् बढेको छ । कोरोनाको पो छुट्टै बिमा हुँदैन । तर, सबै खालको रोगको त बिमा हुन्छ नि । त्यस्ता बिमाले कोरोनाको उपचारको खर्चको दाबी दिन्छ । मृत्यु भए पनि जीवन बिमा गरेको अवस्थामा दाबी भुक्तानी पाइन्छ । यो अवस्थामा कोरोना बिमा बन्द भयो भनेर डराउनुु पर्दैन । वास्तवमा कोरोना बिमाको आवश्यकता नै थिएन । जे नहुुनु थियो, त्यो भइसक्यो । अब यसको व्यवस्थापन (सेटलमेन्ट) तर्फ सबै पक्ष गम्भीरतापूर्वक लाग्नुुपर्छ । जनतामा बिमाप्रतिको सकारात्मक प्रभाव छोड्नुपर्छ । दायरा फराकिलो बनाउनुपर्छ समग्रमा बिमा अनिवार्य सेवा जस्तै हो । विकसित मुलुकमा बिमाको दायरा निकै फराकिलो छ । मानिसका आँखा, हात, नाकजस्ता अंगको छुट्टाछुट्टै बिमा गर्न मिल्ने बिमालेख बिक्री गरिएको हुन्छ । अन्य बिमाको दायरा पनि फराकिलो हुन्छ । तर, नेपालमा अझै त्यस्तो स्थिति आइसकेको छैन । समितिले बिमाको दायरा फराकिलो बनाउन लागिपरेको छ । नयाँ कम्पनी थप सम्बन्धमा बजारमा समितिले नयाँ जीवन, निर्जीवन र लघुबिमा कम्पनीलाई अनुमति दिन लागेको व्यापक हल्ला चलेको छ । समितिले आन्तरिक रूपमा क्षेत्रगत रूपमा थप बिमा कम्पनीहरूको आवश्यकताकाबारे अध्ययन गरे पनि नयाँ कम्पनीलाई अनुुमति दिने विषयमा कुनै निर्णय गरेको छैन । सरोकारवालाहरू भने नयाँ बिमा कम्पनी थप्नुपर्छ र पर्दैन भन्नेमा विभाजित छन् । प्रचलित व्यवसायीहरू नयाँ कम्पनीको विपक्षमा छन्, जुन स्वाभाविक पनि हो । तर, उनीहरूले मात्र बिमा क्षेत्रको व्यापक विकास गर्न सक्ने देखिँदैन । व्यवसाय बढेको जस्तो देखिए पनि अझै बिमा पुग्नुपर्ने ठाउँसम्म गएका छैनन् । कृषि बिमा र लघुबिमा अझै विस्तार हुन सकेको छैन । बिमा कम्पनीहरू अझै पनि सहर केन्द्रीत देखिन्छन् । उनीहरूले कृषि बिमा र लघुुबिमा क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । बिमा कम्पनीहरूले बजेटमा उल्लेख गरेका कार्यक्रमलाई राम्रोसँग कार्यान्वयनमा लैजान सकिरहेका छैनन् । कृषि तथा पशुबिमामा सरकारले अनुदान दिँदै आएको छ । तर, दायरा बढ्न सकेको छैन । अर्कोतिर कम्पनीहरूले बिमा गर्न मानिरहेका छैनन् । यससम्बन्धी उजुरीहरू पनि समितिमा आइरहेको छ । यस्तो स्थितिमा सीमित सर्तसहित नयाँ कम्पनीको आवश्यकता देखिएको छ । यद्यपि अहिलेकै कम्पनीहरूले शाखा विस्तार गर्ने, गाउँगाउँमा गएर सबै खालका जनतालाई बिमाको दायरामा ल्याउन पहल गरेमा नयाँ कम्पनीको आवश्यकता नदेखिन सक्छ । कतिपय समूहहरू बिमा कम्पनीको अनुमति लिने भनेर पैसा बोकेर बसेका पनि छन् । थप अध्ययन गरेर नयाँ बिमा कम्पनीको आवश्यकता र औचित्य हेरेर आगामी दिनमा निर्णय हुन्छ ।के बिमा कम्पनीको मर्जर आवश्यक छ ?एकातिर नयाँ कम्पनी थप्ने विषय बहसमा छ भने अर्कोतिर हाल सञ्चालनमै रहेका कम्पनीहरू पनि गाभ्ने÷गाभिने प्रक्रिया (मर्जर) मा लैजानुपर्ने दबाब छ । बिमा कम्पनीहरूको आकार सानो भएका कारण मर्जर नीति अवलम्बन गर्नुपर्ने अवस्था छ । विगतमा पुँजी वृद्धि गर्न भनेको पाँच वर्षसम्म पनि तोकेको पुँजी पुु¥याउन बिमा कम्पनीहरू असफल भए । लामो समयसम्म तोकिएको पुुँजी बढाउन नसक्ने कम्पनीलाई मर्जरमार्फत अघि बढाउनुुपर्ने आवश्यकता महसुस भएको छ । त्यसका लागि मर्जरसम्बन्धी आवश्यक नीति बनिसकेको छ । मर्जरमा जाने कम्पनीका लागि समितिले केही सेवा–सुविधाहरू पनि दिएको छ तर, कम्पनीहरूले खासै चासो देखाइरहेका छैनन् । बिमा क्षेत्रमा बिमाले नक्कल गर्ने प्रवृत्ति व्यापक छ । कुनै एक कम्पनीले आवश्यक अध्ययन गरेर राम्रो बिमा पोलिसी ल्याएर बजारमा प्रभाव देखाउन नपाउँदै अर्को कम्पनीले त्यस्तै प्रकृतिको पोलिसी ल्याउँछ । यसले बजारमा नकारात्मक प्रभाव पारेको छ । यस्तो स्थितिले कम्पनीहरूले मर्जरको आवश्यकताबोध गराइरहेका छन् । नियामकीय पक्षबिमा कम्पनीहरूले नियामक समितिको निर्देशन तथा नियमनलाई खासै वास्ता गरेको देखिँदैन । समितिले उद्यारो पोलिसी बिक्री बन्द गर्न ६ महिना प्रयास ग¥यो तर, प्रभावकारी रूपमा कार्यान्वयन नभएपछि गत असारमा कम्पनीहरूमै पुगेर उधारो बिमालेख जारी हुन दिएनौं । अझै पनि उधारोमा बिमालेख जारी गर्ने, तोकिएभन्दा कम दरमा बिमा गर्ने जस्ता समस्या कायमै छ । हेर्दा पूरै बिमाशुल्क लिएको देखिए पनि छुटबराबरको रकम एक कर्मचारीलाई पेस्कीका रूपमा दिएर सोहीमार्फत ग्राहकलाई नगद फिर्ता (क्यास ब्याक) दिने गरेको जस्तो देखिन्छ । तर, अब यस्तो हुन दिँदैनौं । अवैध गतिविधि हुँदा पनि सीधैं सम्बन्धित प्रडक्टको कारोबार रोक्का गर्न पनि सकिएको छैन किनकि कारोबार रोक्का राख्दा दीर्घकालीन असर देखिन्छ । सबैलाई सहज हुनेगरी थप कडाइका साग नियमन प्रक्रिया अवलम्बन गर्ने पक्षमा समिति छ । विगतमा बिमा क्षेत्र र नियामकका रूपमा समिति कस्तो अवस्थामा थियो भनेर वर्तमानमा मूल्यांकन गर्नुुहुँँदैन । अब समिति नियामकीय भूमिकासहित खरो रूपमा उत्रन्छ । समितिले केही समयअघि मात्रै बिमा कम्पनीका केही महत्वपूर्ण विभागका प्रमुखहरूसँग छलफल गरेको छ । त्यसअवसरमा समितिले देखेका समस्या र कारण, आगामी दिनमा गर्नुपर्ने सुधारको क्षेत्र र तोकिएका सुधार समयमै नभएमा गरिने कारबाहीका विषयमा स्पष्ट जानकारी गराइएको छ । नियमनमा समिति कडा रूपमा प्रस्तुत हुँदा बल्ल–बल्ल स्थापित भएको बिमा क्षेत्रले कतै बदनामी व्यहोर्ने त होइन भन्ने डर पनि छ ।बिमा क्षेत्रलाई प्रविधिमय बनाउने प्रयासलामो समयसम्म समितिसहित समग्र बिमा क्षेत्र नै प्रविधिमैत्री बन्न सकेन । पछिल्लो समय बिमा क्षेत्रलाई प्रविधियुक्त बनाउने प्रयासमा समिति लागिपरेको छ । समितिले कम्पनीहरूको आवश्यक तथ्यांक तथा विवरणहरू अनलाइनमार्फत मगाउने र प्रणालीभित्रै ‘अर्काइभ’का रूपमा राख्ने व्यवस्था गरिएको छ । बिमालेख बिक्री गर्नेलगायत सेवालाई अनलाइनमार्फत नै गर्नेगरी अघि बढेको अवस्था छ । अब समिति र बिमा कम्पनीहरूलाई पनि प्रविधिमैत्री नबनाइ हुँदैन । तर, सबैले प्रविधि प्रयोग नै गर्छन् भन्ने छैन । तर, सक्नेले प्रविधिको भरपूर प्रयोग गर्नुपर्छ र त्यसका लागि सबै पक्ष तयार पनि हुुनुुपर्छ । अब समितिले नियमनका अधिक कामहरू प्रविधिसँग जोड्दै जानेछ । बिमासम्बन्धी मुद्दामा बिमा समिति जिल्ला अदालतसरहको न्यायिक निकाय हो । यसअनुसार बिमासम्बन्धी उजुरी पहिला समितिमै जानुपर्छ । तर, समितिको कार्यालय काठमाडौंमा मात्र हुँदा जिल्लाका ग्राहकलाई उजुरी गर्न गाह्रो भएको स्थिति छ । अहिले नै समितिलाई प्रदेशगत रूपमा लैजान सक्ने अवस्था पनि छैन । त्यसैले समितिका सेवा–सुविधालाई जनस्तरसम्म पुु¥याउन पनि प्रविधि एक महत्वपूर्ण हिस्सा बन्नसक्छ । बिमालाई फरक तर सरल ढंगले अगाडि बढाउनै पर्छ । मोबाइल÷अनलाइनबाटै बिमा गर्न मिल्ने परिपाटी निर्माणमा समितिले कुनै रोकावट गर्दैन । को रिसाउँछ, को खुसी हुन्छ वा कसले गुनासो ग¥यो भनेर प्रविधि प्रयोगलाई निरुत्साहित गर्ने पक्षमा बिमा समिति छैन र बिमालेख अनलाइनमार्फत बिक्री गर्न जोड दिनुपर्छ । लगानीको दायरा विस्तारबिमा कम्पनीहरूको लगानीको दायराका विषयमा बारम्बार प्रश्न उठिरहन्छ । समितिले जारी गरेको लगानीसम्बन्धी निर्देशिका एकातिर कम्पनीहरूको लगानीका लागि स्वीकृति माग्ने तरिका अर्कैतिर भएको स्थिति अहिले छ । यस्ता विकृति हटाएर अर्थतन्त्रको विकासमा बिमा क्षेत्रले पनि प्रत्यक्ष सहयोग गर्ने गरी लगानीको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता छ । पूर्वाधार कम्पनी, ऊर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा प्रत्यक्ष लगानी गर्न कम्पनीहरू अग्रसर हुुनैपर्छ । बिमा कम्पनीहरू आफैले हाउजिङ बनाउने, अस्पताल खोल्नेजस्ता काम गर्न सक्नुपर्छ । भारतको एलआईसीले हाउजिङ क्षेत्रमा लगानी गरेको छ । समग्रमा मुद्दती निक्षेपमा मात्र पैसा राखेर कम्पनी चल्न सक्दैन । प्रचलित निर्देशिकाअनुसार नयाँ कम्पनीहरूको लगानीले खासै प्रतिफल पाउने देखिएन । यद्यपि कम्पनीहरूले प्रतिफल दर (रेट अफ रिर्टन) मात्र हेरेर पनि हुँदैन । तर, बैंक, कर्मचारी सञ्चय कोषलगायत लगानीकर्तालाई रेट अफ रिर्टन मिल्ने तर, बिमा क्षेत्रलाई नमिल्ने किन भन्ने प्रश्न उठिरहेको छ । लगानीको दायरा फराकिलो बनाउनेगरी समितिले लगानीसम्बन्धी निर्देशिका परिमार्जनको तयारीमा छ । कम्पनीहरूले प्राविधिक सञ्चित कोष (टेक्निकल रिजर्भ) का आधारमा लगानी गर्ने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ । बिमाका केही (खासगरी एकल बिमाका) क्षेत्रमा स्रोत नभएको सम्पत्ति पनि प्रवेश भएको अनुमान छ । समिति स्रोत नभएको सम्पत्ति नियन्त्रण गर्न अगाडि बढेको छ । कम्पनीहरूले अहिले ‘गो एमएएल सफ्टवेयर’ प्रयोगको तयारी गरेका छन् । नयाँ सफ्टवेयरको प्रयोगपछि सम्पत्तिकोे शुद्धीकरण नियन्त्रण गर्न सहज हुन्छ । पुनर्बिमाको विस्तारपुनर्बिमा सेवामार्फत पनि अर्थतन्त्रलाई माथि उठाउन सकिन्छ । अहिले सरकारी स्वामित्वसमेतको एक र निजी क्षेत्रबाट एक गरी दुुई वटा पुनर्बीमा कम्पनी स्थापना भइसकेका छन् । साथै, विदेशी तथा स्वदेशी पुनर्बिमा ब्रोकर कम्पनी स्थापनाको चरणमा छन् । नेपाली पुनर्बिमा सेवालाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्दा अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ । समितिले पुनर्बिमा बजारलाई विस्तार गर्न आवश्यक बातावरण बनाउन अग्रसर भएको छ । बिमा क्षेत्रको अबको बाटोबिमा क्षेत्रको अवको बाटो भनेकै बिमामा सबै प्रकारका जनतालाई समाहित गर्ने र सबैैलाई बिमाको लाभ पुु¥याउने हो । समग्रमा बिमाको दायरा विस्तार गरी बिमा बजारको स्थायित्व कायम गर्न आगामी दिनमा काम गर्नुपर्छ । सरकारले चालु आर्थिक वर्षमै बिमा पहुँच ३३ प्रतिशत जनतामा पु¥याउने भनेको छ । सरकारको लक्ष्य प्राप्तिका लागि सबै पक्ष मिलेर काम गर्नुको विकल्प छैन । त्यसका लागि बिमाको बारेमा सकरात्मक सन्देश प्रवाहित गर्नुपर्छ । सञ्चारमाध्यमहरूले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । वर्षौंदेखि समस्याका रूपमा प्रस्तुत गरिएको दाबी भुक्तानीलाई छिटो फस्र्योट गरी जनस्तरमै सकारात्मक भाव पैदा गराउनु बिमा क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण अभियान हो । सूर्य प्रसाद सिलवाल बीमा समितिका अध्यक्ष हुन् । यो सामग्री नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्रबाट साभार गरिएको हो ।

सम्बन्धित सामग्री

झन्डै १ वर्षसम्म नवीकरण बिना बीमा कम्पनी सञ्‍चालन, बीमा समिति रमिते

काठमाडौँ - बीमा कम्पनीहरूले झन्डै एक वर्षसम्म बिना नवीकरण कम्पनी सञ्चालन गर्दा नियामक निकाय बीमा समिति रमिते बनेको छ ।  बीमा समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा बीमा ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनमा उल्लिखित प्रावधान र मापदण्ड अनुसार सबै बीमकहरुलाई समान किसिमले परिचालन गर्न नसकेको भन्दै महालेखाको कार्यमूलक...

झन्डै १ वर्षसम्म नवीकरण बिना बीमा कम्पनी सञ्‍चालन, बीमा समिति रमिते

काठमाडौँ - बीमा कम्पनीहरूले झन्डै एक वर्षसम्म बिना नवीकरण कम्पनी सञ्चालन गर्दा नियामक निकाय बीमा समिति रमिते बनेको छ ।  बीमा समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा बीमा ऐन, नियमावली, निर्देशिका र मार्गदर्शनमा उल्लिखित प्रावधान र मापदण्ड अनुसार सबै बीमकहरुलाई समान किसिमले परिचालन गर्न नसकेको भन्दै महालेखाको कार्यमूलक...

बीमा समिति विशेष : सक्रियता बढाउँदै समिति

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको २ दशकपछि बीमा समितिको स्थापना भएको हो । बीमाक्षेत्रले ७ दशकको यात्रा पूरा गर्दा समितिको इतिहास भने ५३ वर्षको छ । सरकारले बीमा क्षेत्रको नियमनसँगै प्रवर्द्धन गर्ने उद्देश्यसहित २०२५ सालमा बीमा समितिको स्थापना गरेको थियो । समितिले जेठ १ गते अर्थात् आज ५३ वर्ष पूरा गरेर ५४औं वर्षमा प्रवेश गरेको छ ।  नेपालमा २००४ मा बीमा व्यवसायको शुरुआत भएको थियो । तत्कालीन समयमा नेपाल माल चलानी तथा बीमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) ले यस्तो व्यवसाय शुरू गरेको थियो । त्यसलगत्तै भारतीय बीमा कम्पनीहरू पनि यहाँ आएर व्यवसाय शुरू गरे । त्यसपछि २०२५ मै बीमा संस्थानको पनि स्थापना भयो । नेपालमा बीमा व्यवसायको विस्तार हुन लागेपछि नियमनको आवश्यकता खड्कियो । त्यसपछि सरकारले समितिको स्थापना गरेको हो ।  तत्कालीन समयमा अर्थ मन्त्रालयको एउटा विभाग (शाखा)को रूपमा समिति स्थापना भएको थियो । तर, अहिले समिति अर्थ मन्त्रालयको शाखाको रूपबाट छुट्टिएर बीमा बजारको स्वायत्त तथा बलियो नियामक निकायको रूपमा स्थापित भइसकेको छ ।  यद्यपि, स्थापना भएको लामो समयसम्म समितिले दु्रत गतिमा काम गर्न सकेको थिएन । तत्कालीन समयमा बीमा अभिकर्ताको इजाजतपत्र जारी गर्ने र नवीकरण गर्ने काममै समिति सीमित थियो । तर पछिल्लो केही वर्षदेखि समितिले आफ्नो गतिविधिलाई द्रुत गतिमा अगाडि बढाएको छ । साथै आफ्नो सक्रियता पनि बढाउँदै  लगेको छ । विशेषगरी २०७० को दशक शुरू भएपछि बीमा समितिले दु्रत गतिमा काम गर्न थालेको हो । २०७० यता आएर नै समिति बीमा बजारमा आवश्यक धेरैओटा तत्त्वको विकास गर्न सफल भएको छ । यही अवधिमानै बीमा सम्बन्धी नयाँ ऐन संसद्मा पेश गरिएको छ । हाल संसद्मै विचाराधीन रहेको उक्त विधेयकले बीमा क्षेत्रका अधिकांश पक्षलाई सम्बोधन गरेको छ । विशेषगरी कानूनी तथा नीतिगत व्यवस्था र सुधारमा समितिले उलेख्य प्रगति गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘हालसम्म आउँदा बीमा क्षेत्रका लागि आवश्यक पर्ने तत्त्वहरूको विकास गरिसकेका छौं । समयअनुसार बजारको विकासका लागि गर्नुपर्ने काम गर्न समिति सकारात्मक नै छ,’ उनले भने, ‘अबको हाम्रो बाटो बीमाको दायरा र पहुँच विस्तार गर्नु हो, हामी त्यहीअनुसार अगाडि बढ्छौं । साथै, मर्जरमार्फत बीमा कम्पनीको संख्या पनि घटाउँछौं ।’ नेपालमा अहिले १९ जीवन, २० निर्जीवन र २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । अब जीवन र निर्जीवन बीमा कम्पनीको संख्या घटाउने समितिको उद्देश्य छ ।  अबको काम मर्जर र पहुँच वृद्धि - राजुरमण पौडेल, कार्यकारी निर्देशक, बीमा समिति हालसम्म समितिले धेरै काम गरिसकेको छ । बीमा बजारलाई आवश्यक पर्ने तत्त्वको विकास भइसकेको छ । तथापि अबका दिनमा गर्नुपर्ने थुप्रै काम छन् । त्यो हामी गर्छाैं नै । तत्काललाई मर्जरमार्फत कम्पनीको संख्या घटाउने र बीमाको पहुँच बढाउनेतर्फ समिति केन्द्रित हुन्छ । बीमा बजारको प्रवर्द्धनमा पनि हाम्रो जोड हुनेछ ।   बिशेषगरि समितिले यस अवधिमा बीमाको पहँुच बढाउने मामलामा राम्रो काम गरेको देखिन्छ । बीमा व्यवसाय शुरू भएको ७ दशकमा बीमाको पहुँच ७ प्रतिशतसम्म मात्र पुगेको थियो । तर, पछिल्लो ४/५ वर्षमा बीमाको पहुँच ह्वात्तै बढेको छ । गत चैत मसान्तसम्ममा जनसंख्याको ३७ दशमलव ३४ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । यो आफैमा ठूलो उपलब्धि भएको समितिको भनाइ छ ।  बीमा समितिले अब गर्नुपर्ने काम  दक्ष जनशक्तिको आपूर्ति बीमा बजार उलेख्य रूपमा विस्तार भए पनि अझै दक्ष जनशक्तिको अभाव छ । कम्पनीका कर्मचारीले नै बीमितलाई बीमालेखको बारेमा विस्तृत रूपमा बुझाउन सकेको पाइँदैन । साथै, जथाभावी शाखा स्थापना गर्दा कम्पनीहरूलाई कर्मचारीको अभाव पनि हुने गरेको छ । यसले गर्दा समितिलाई दक्ष जनशक्ति उत्पादनमा पनि काम गर्नुपर्नेछ । संस्थागत सुशासन बीमा कम्पनीको संख्या बढेसँगै विभिन्न विषयमा अस्वस्थ प्रतिस्पर्धाको विकास पनि हुँदै गएको छ । साथै, कर्मचारीहरू सेवासुविधाको पछि लागेर छोटो अवधीमै दुईभन्दा बढी कम्पनीबाट नियुक्ति लिने गरेका छन् । यसले संस्थागत सुशासन कायम गर्न अप्ठ्यारो स्थिति सृजना गरेको छ, जसअनुसार समितिलाई अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न र संस्थागत सुशासन सुनिश्चित गर्न पनि काम गर्नुपर्नेछ ।  तथ्यांक संकलन बीमा समितिले ५३ वर्षको यात्रा पूरा गरेको छ । तर समितिसँग १०/१५ वर्षभन्दा पहिलेको कुनै पनि यकिन तथ्यांक छैन । त्यसमाथि वर्तमान समयकै पर्याप्त तथ्यांक पनि पर्याप्त छैन । बीमा संकलन, दाबी भुक्तानी, कुल बीमा पहुँच लगायतका तथ्यांक संकलनमा समिति केन्द्रित छ । कस्ता समुदाय बीमाको पहुँचमा छन्, दाबीमा भएको ठगी कस्तो छ भन्ने जस्ता विषयमा समितिसँग तथ्यांक नै छैन । बीमा व्यवसायका लागि तथ्यांक महत्त्वपूर्ण पाटो हो । तर समिति पर्याप्त तथ्यांक संकलन गर्ने मामलामा अझै पछि छ । त्यसैले समितिले अबका दिनमा तथ्यांक संकलन सम्बन्धी कामलाई पनि विशेष जोड दिनुपर्नेछ ।  बीमाको पहुँच विस्तार पछिल्लो समय बीमाको पहुँच तीव्ररूपमा बढेको छ । तर, अझै ६३ प्रतिशत नागरिक बीमाको पहुँचभन्दा बाहिर छन् । ‘हुने खाने’ वर्गका नागरिक मात्र बीमामा आएका छन् । बीमाले अझै गरीब समुदायका नागरिकलाई समेट्न सकेको छैन । कम्पनीहरूले पनि उनीहरूलाई ग्राहकको रूपमा हेरेका छैनन् । समग्रमा जसलाई बीमाको बढी आवश्यकता छ, त्यहाँ बीमाको पहुँच नै पुगेको छैन । यो त जीवन बीमाको कुरा हो । निर्जीवन बीमाको पहुँच झनै कम छ । सरकारी सम्पत्तिको समेत बीमा हुन सकेको छैन । कृषि बीमा, स्वास्थ्य बीमाको दायरा पनि विस्तार भएको छैन । बीमाको जागरण समेत बढेको छैन । धेरै मानिसलाई बीमाको बारेमा अझै राम्रोसँग ज्ञान छैन । त्यसैले समितिले बीमाको जागरणसँगै पहुँच विस्तारमा थप काम गर्नुपर्र्ने देखिन्छ । क्षमता विस्तार र नियमन बीमा समितिले केही वर्ष अघिसम्म प्राप्त उजुरीको आधारमा मात्र कम्पनीहरूमा नियमन गर्ने गरेको थियो । यद्यपि अहिले यसमा केही हदसम्म परिवर्तन भइसकेको छ । साथै अहिले ७७ जिल्लामा बीमा कम्पनीहरूको शाखा पुगिसकेकाले त्यहाँ पनि नियमनको आवश्यकता छ । तर सबै जिल्लामा नियमन गर्न समितिसँग पर्याप्त पूर्वाधारको विकास भएको छैन । यसकारण समितिलाई आफ्नै क्षमता विस्तार र नियमन कार्यमा पनि चुनौती देखिएको छ । नयाँ प्रडक्ट निर्माण  हाल विश्व बीमा बजारमा आधुनिक  परिस्थिति अनुरूपका नयाँ नयाँ बीमा पोलिसीहरू निर्माण भइरहेका छन् । तर विश्व बजारको तुलनामा नेपालमा विशिष्ट किसिमका बीमा पोलिसी निर्माण भएको देखिँदैन । यद्यपि कम्पनीहरूले पछिल्लो समय आधुनिक प्रकारका बीमा पोलिसी ल्याउन शुरू गरेका पनि छन् । यद्यपि, त्यो पर्याप्त छैन । त्यसैले, सबै क्षेत्रलाई समेट्ने, सबै व्यक्तिलाई समेट्ने खालको बीमा प्रडक्ट ल्याउन समितिले काम गर्नुपर्नेछ ।  कोरोनापछिको पुनरुत्थान कोरोना महामारीको असर बीमा क्षेत्रमा पनि परेको छ । बीमा व्यवसायमा ह्रास नै त आएको छैन । तर, व्यवसायको वृद्धिदरमा भने संकुचन आएको छ । तर, त्यसको पुनरुत्थानमा खास काम नभएकाले समितिले यसतर्फ पनि काम गर्नुपर्ने देखिन्छ । कोरोना बीमाको दाबी व्यवस्थापन बीमा समितिलाई अहिले कोरोना बीमाको दाबी भुक्तानी सेटेलमेन्ट गर्न ठूलै चुनौती छ । समितिले तत्काल गर्नुपर्ने काम पनि यही हो । सरकारले वाचा गरेअनुसारको रकम निकासी नगर्दा ११ अर्बभन्दा बढी दाबी भुक्तानी हुन सकेको छैन । त्यसले गर्दा बीमा बजारप्रति विश्वास घट्दो क्रममा छ । त्यसैले कोरोना बीमाको दाबी भुक्तानीलाई छिटो भन्दा छिटो सेटेलमेन्ट गर्ने बाटोमा समिति अगाडि बढ्नुपर्छ ।  प्रविधिको विकास  नेपाली बीमा बजारमा पछिल्लो समय प्रविधिको विकास भइसकेको छ । तर, त्यो बीमा कम्पनीको आन्तरिक कार्य र बीमाशुल्क भुक्तानीमा बढी केन्द्रित छ । बीमा सेवासँग सम्बन्धित प्रविधिको विकास अझै पर्याप्त मात्रामा भइसकेको छैन । अझै पनि अनलाइनबाटै बीमा पोलिसी खरीद गर्न सक्ने अवस्था छैन । अत: समितिले प्रविधिको विकासमा जोड दिनुपर्ने देखिन्छ ।  बीमामा अन्तरराष्ट्रिय अभ्यास  अन्तरराष्ट्रिय बीमा बजारमा नयाँ नयाँ अभ्यासको विकास भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा नयाँ नयाँ आयाम आइरहेका छन् । नेपालको बीमा क्षेत्र भने अझै यथास्थितिमा अगाडि बढेको छ । त्यो अवस्थामा समितिले बीमा बजारलाई अन्तरराष्ट्रिय स्तरमा विकास गर्न र अन्तरराष्ट्रिय अभ्यासलाई यहाँ पनि लागू गर्न पहल गर्नुपर्ने देखिन्छ ।  चुनौतीमाझ थुप्रै अवसर अबका दिनमा समितिले यस्ता थुप्रै चुनौती सामना गर्नुपर्नेछ । त्यसो त जोखिम वहन गर्ने क्षेत्र भएकाले बीमा बजारले स्वत: सधैं चुनौतीको सामना गर्नुपर्छ । यस्ता चुनौतीमाझ पनि समिति र बजारलाई थुप्रै अवसर छन् । नेपालको बीमा बजार अझै ‘भर्जिन ल्यान्ड’ जस्तै हो । थुप्रै क्षेत्र तथा मानिस अझै बीमाको दायराभन्दा बाहिर छन् । त्यो क्षेत्रलाई बीमाको दायरामा ल्याउन सके बीमा समितिका अगाडि थुप्रै अवसर सृजना हुन्छन् ।

बीमा कम्पनी थप्नुको औचित्य

नेपालका नीतिनिर्मातामा दूरदृष्टि छैन र यस्ता निर्णयमा स्वार्थ अन्तर्निहित हुन्छ भन्ने भनाइलाई बीमा समितिको कामले पुष्टि गरेको छ । नयाँ कम्पनी सञ्चालनमा आएको २ वर्ष पनि नबित्दै पूँजीवृद्धिको नाममा मर्जरमा जान बाध्य पार्ने नीति समितिले लिएको छ । हिजो के आधारमा त्यति थोरै पूँजीमा कम्पनी खोल्न दिइयो भन्ने कुराको जवाफ समितिसँग छैन । अहिले कम्पनीको पूँजी किन बढाउन पर्‍यो भन्ने कुराको पनि पर्याप्त तर्कपूर्ण जवाफ पाइँदैन । संख्या घटाउन किन परेको हो भन्ने कुराको औचित्यपूर्ण जवाफ पनि समितिसँग छैन । त्यसैले बीमा समितिले केही व्यक्तिको स्वार्थ पूरा हुने गरी यी सबै काम गर्दैछ कि भन्ने आशंकालाई बल मिलेको छ । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पूँजी वृद्धि गर्दा त्यसको असर अहिलेसम्म परिरहेको छ । केहीको विश्लेषणमा यही पूँजी वृद्धि बाध्य पारिएकै कारण बजारमा तरलताको अभाव भएको हो । राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्दै बोनस शेयर दिन प्रोत्साहित गरेपछि बजारमा झनै नगद कम हुन थालेको हो । राष्ट्र बैंकले चार गुणा बढी चुक्ता पूँजी बढाउन लगाएर बैंकहरूलाई ठूलो पूँजीकोषको भारी बोकाएको छ । त्यही भएर बैंकहरूको मुनाफामा संकुचन आएको छ । नाफा कमाउनैपर्ने दबाबमा परेका बैंकहरूले वित्तीय स्थायित्वलाई भन्दा मुनाफा हेरेर लगानी गरे । त्यही कारण घरजग्गा, सवारीसाधन र आयातका लागि कर्जा प्रवाह बढी गरे । यही क्षेत्रका कारण अर्थतन्त्र सुन्निएर समस्या आयो र अहिले विदेशी विनिमय सञ्चितिमा दबाब पर्न थाल्यो । बैंकको लगानी क्षमता बढाउन, नियमन गर्न सजिलो बनाउन आदि तर्क राष्ट्र बैंकले नदिएको होइन । तर, ती सबै उसको कमजोरीको परिणति हो । यही कमजोरी अहिले बीमा समितिले पनि देखाउन थालेको छ । मर्जरमा जाऊन् भनेर पूँजी वृद्धिको योजना ल्याए पनि एकाधबाहेक धेरै कम्पनीले हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने सम्भावना उच्च छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि यस्तै भएको थियो । केही नयाँ कम्पनीले त सर्वसाधारणलाई जारी गर्नुपर्ने शेयर पनि जारी गर्न भ्याएका छैनन् । बीमा जोखिमको रक्षावरण गर्ने अनिवार्य माध्यम भए पनि नेपालमा करकापमा मात्रै बीमा गर्नेको संख्या धेरै छ । सवारीसाधनको बीमा र बैंकबाट कर्जा लिँदा घरजग्गाको बीमा अनिवार्य गरिएकाले निर्जीवन बीमा कम्पनी खोल्न प्रतिस्पर्धा जस्तै भएको हुन सक्छ । यस्तोमा धेरै बीमा कम्पनीहरू खोल्न स्वीकृति दिन आवश्यक थियो त ? भन्ने प्रश्न उठेको छ । संख्या बढाउने पनि समिति र मर्जरबाट संख्या घटाउन खोज्ने पनि समिति, योभन्दा विरोधाभास र भद्रगोल कार्यशैली के हुन सक्छ ? कुनै पनि नीति कार्यान्वयनमा ल्याएपछि कम्तीमा पनि एकाध दशक त्यसको परीक्षण हुन जरुरी छ । त्यसपछि मात्रै त्यसको समीक्षा गरेर पुनर्विचार गर्नु उपयुक्त हुन्छ । तर, नेपालमा कुनै पनि नीति नेतृत्व परिवर्तन हुनासाथ परिवर्तन गरिहाल्ने ज्यादै खराब बानी पाइन्छ । यसले कसैलाई पनि व्यवसाय गर्न प्रेरित र प्रोत्साहित गर्दैन । नियामक निकाय स्वायत्त हुँदा राम्रोसँग काम गर्न पाउँछन् । तर, राष्ट्र बैंक र बीमा समिति अर्थ मन्त्रालयभित्रको विभागजस्ता भएकाले सरकारको स्वार्थको शिकार भएको पाइन्छ । गभर्नर निलम्बन प्रकरण यसैको उदाहरण हो भने बीमा समितिले गरेका निर्णय पनि यसकै प्रभाव हो भन्ने देखिन्छ । अतः कुनै पनि नीति लागू गर्दा पूर्ण अध्ययन र अनुसन्धान गरेर शुरू गरिनुपर्छ । हो, लामो समयसम्म कुनै पनि नीति यथावत् रहन सक्दैन । तर, पर्याप्त अध्ययनविना परिवर्तन गर्नु पनि हुँदैन । समितिको हचुवा निर्णयले बीमा क्षेत्र झनै पछि पर्ने मात्र होइन, अर्थतन्त्रमै गम्भीर समस्या नथपिएला भन्न सकिँदैन । अहिले जसरी समितिले बीमा कम्पनीको संख्या घटाउन खोजेको छ, त्यसको आधारमा यसअघि बीमा कम्पनीको संख्या किन वृद्धि गरियो भन्ने औचित्य पुष्टि हुन सकेको छैन । त्यसैले आगामी दिनमा यस्ता उदाहरणबाट पाठ सिक्न सबैका लागि जरुरी हुन्छ ।

शहर केन्द्रित भए बीमा कम्पनी

काठमाडौं । बीमा कम्पनीहरूको शाखा स्थापनामा प्रदेशगत रूपमा असन्तुलन देखिएको छ । जीवन र निर्जीवन दुवै प्रकारका कम्पनीको शाखा विस्तारमा प्रदेशगत असन्तुलन देखिएको हो । बीमा समितिले कम्पनीहरूको प्रदेशगत सहभागिताको विषयमा तयार गरेको एक रिपोर्टले यस्तो देखाएको हो । उक्त रिपोर्टअनुसार तुलात्मक रूपमा सुगम मानिने बागमती प्रदेशमा बीमा कम्पनीको शाखा कार्यालय बढी छ । अन्यको तलुनामा दुर्गम मानिने कर्णाली प्रदेशमा भने बीमा कम्पनीको न्यून उपस्थिति छ । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले मुलुकभर २ हजार २६९ शाखा स्थापना गरेका छन् । त्यसमध्ये बागमती प्रदेशमा मात्र ५९३ ओटा शाखा छन् । कर्णाली प्रदेशमा भने जीवन बीमा कम्पनीका १४८ ओटा मात्र शाखा खोलिएका छन् । निर्जीवनतर्फ २० कम्पनीले मुलुकभर १ हजार ८ ओटा शाखा स्थापना गरेका छन्, जसमध्ये बागमती प्रदेशमा मात्र ३०५ ओटा छन् । कर्णालीमा भने ४३ ओटा शाखा मात्र स्थापना भएका छन् । बीमाको महत्त्व अनुसार दुर्गम ठाउँमा यसको झन् बढी आवश्यकता हुन्छ । तर, कम्पनीहरू सुगम ठाउँमा केन्द्रित हुँदा दुर्गमका मानिस बीमाको सेवाबाट वञ्चित भएको तथ्यांकले पुष्टि गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि कम्पनीको प्रदेशगत उपस्थिति असन्तुलित देखिएको बताए । ‘बीमा कम्पनीको उपस्थिति प्रदेशगत रूपमा असन्तुलित देखिएको मात्र होइन, उनीहरू शहर केन्द्रित पनि छन्,’ उनले भने, ‘हामीले कम्पनीहरूलाई ग्रामीण तहमा जान पटक पटक भनेका छौं । तर, उनीहरूले मानेको देखिँदैन । परिणास्वरूप दुर्गमका मानिस बीमा सेवाबाट वञ्चित भएका छन् ।’ यता, बीमा कम्पनीहरूलाई गाउँ गाउँमा शाखा नै स्थापना गरेर सञ्चालन गर्न भने चुनौती छ । गाउँबाट हुने व्यवसायले सम्बन्धित शाखाको सञ्चालन/व्यवस्थापन गर्न गाह्रो हुने उनीहरूको भनाइ छ । यद्यपि, गाउँ गाउँमा सम्पर्क कार्यालय भए पनि स्थापना गर्नुपर्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् । ‘अहिले सबै गाउँ नगरउन्मुख भएका छन्, त्यो अवस्थामा पालिकाहरूमा गएर शाखा स्थापना गर्न सहज नै हुन सक्छ,’ उनले भने । यस्तै, कम्पनीहरू शहर केन्द्रित देखिएपछि त्यसमा कडाइ गर्ने तयारीमा बीमा समिति रहेको समेत उनले बताए । अब कम्पनीहरूलाई शहरमा शाखा स्थापना गर्न नै नदिनेगरी समितिले रणनीति बनाउने उनले जानकारी दिए । ‘शहरी क्षेत्रमा बीमा कम्पनीको उपस्थिति पर्याप्त मात्रामा भइसकेको छ । अब शहरमा शाखा स्थापना गर्न स्वीकृति नै दिँदैनौं । पालिकामा शाखा स्थापना गर्न प्रोत्साहन गर्छौं,’ उनले भने, ‘यद्यपि, कुनै कुनै शहरमा बीमा कम्पनीको उपस्थिति कम छ भने त्यसमा सहजीकरण हुन सक्छ ।’

बीमकरूको पूँजी वृद्धि गर्ने योजनामा बीमा समिति

बीमा समितिले बीमा कम्पनी (बीमक)हरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरणमा रोक लगाउने भएको छ । नगद लाभांश वितरणमा निर्जीवन बीमा कम्पनीलाई पूर्णरूपमा (कर प्रयोजनबाहेक) र जीवन बीमा कम्पनीहरूलाई आंशिक रूपमा रोक लगाउन लागिएको हो । विशेषगरी कायमै रहेको कोरोना महामारीलाई लक्षित गरेर बीमा कम्पनीहरूलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरिएको हो । यसअघि २०७२ को भूकम्पको समयमा पनि बीमा कम्पनीहरूलाई नगद लाभांशमा रोक लगाइएको थियो । निर्जीवन बीमा कम्पनीहरूलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणम...

पुनर्बीमा निर्देशन विवाद : विशेष कार्यदल बनाउने तयारीमा बीमा समिति

काठमाडौं । स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ । गत मङ्सिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम्पनी तथा सरोकारवालाहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । साथै, तत्काल उक्त निर्देशन फिर्ता लिनुपर्ने पनि माग गर्दै आएका छन् । यसरी समितिको निर्देशनको विषयमा चौतर्फी विरोध भएपछि बीमा समितिले त्यस सम्बन्धमा विशेष कार्यदल बनाउन लागेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमा निर्देशन विवादलाई समाधन गर्न विशेष कार्यदल बनाउने तयारी गरिएको बताए । ‘यसै साता उक्त कार्यदल गठन हुन्छ । त्यसपछि यससम्बन्धी विवादलाई सोही कार्यदलमार्फत नै समाधान गर्नेछाैं,’ उनले भने, ‘अब यस सम्बन्धमा विरोध गर्दै आएका सरोकारवालाहरूले त्यही आएर आफ्नो राय राख्नुपर्छ । कार्यदलले गर्ने अध्ययन र त्यहाँ आउने सुझावको आधारमा यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछौं ।’ यस सम्बन्धमा सरोकारवालाहरूलाई छिट्टै छलफलका लागि बोलाउने उनको भनाइ छ । यता निर्देशन जारी भएको झन्डै २ हप्तापछि जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले त्यसको विरुद्धमा समितिमा ज्ञापनपत्र बुझाएका छन् । दुवै संघले बुधवार बीमा समितिमा ज्ञापनपत्र बुझाएका हुन् । समितिका कार्यकारी निर्देशक पौडेलले दुवै बीमक संघबाट ज्ञापनपत्र प्राप्त भएको बताए । समितिको उक्त निर्देशन बीमाको सिद्धान्तविपरीत र अव्यावहारिक भएको भन्दै संघहरूले निर्देशन फिर्ता लिन माग पनि गरेका छन् । नेपालका पुनर्बीमा कम्पनीहरूको शतप्रतिशत पुनर्बीमा लिन सक्ने क्षमता नभएको अवस्थामा यस निर्देशनले थप समस्या ल्याउन सक्ने उनीहरूको भनाइ छ । स्वदेशी पुनर्बीमा कम्पनीमा नै पुनर्बीमा गर्दा निकट भविष्यमा हुने भवितव्य घटनामा दाबी भुक्तानी नै दिन नसक्ने अवस्था आउने बताइएको छ । तसर्थ, कुनै पनि हालतमा समितिले उक्त निर्देशन फिर्ता लिनुपर्ने बताइएको छ । समितिको निर्देशनले बीमा कम्पनीहरूको व्यावसायिक स्वतन्त्रता पनि खोसिएको बताइएको छ । बीमा कम्पनीहरूले स्वतन्त्र भएर व्यावसायिक गतिविधि गर्न पाउनुपर्ने संघहरूको भनाइ छ । समितिले ज्ञापनपत्रको विषयमा पनि अब बन्ने कार्यदलमा नै छलफल गर्नेछ । समितिका कार्यकारी निर्देशक पौडेलले दुई संघबाट प्राप्त ज्ञापनपत्रको विषयमा पनि कार्यदलमा नै छलफल हुने बताए । ‘अब सरोकारवालाहरूले बाहिर बाहिर टीकाटिप्पणी गर्न भन्दा पनि कार्यदलमा नै आएर आप्mनो राय राख्नुहोस् । त्यसपछि हामीलाई पनि थप निर्णय गर्न सहज हुन्छ,’ उनले भने ।

दलीय भागबण्डामा बीमा कम्पनीको लाइसेन्स बाँड्ने प्रकृया तत्काललाई रोकियो

दलीय भागबण्डा गरी नयाँ बीमा कम्पनीको लाइसेन्स बाँड्ने प्रकृया सरकारले तत्काललाई रोकेको छ । सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको खबर रातोपाटीले सार्वजनिक गरेको थियो ।लाइसेन्स बाँड्ने प्रकृया पुऱ्याउन  तिहारअघि नै सूचना सार्वजनिक गर्न खोजेको बीमा समिति तत्काललाई पछि हटेको हो । ‘सूचना निकाल्ने अन्तिम तयारी थियो, तर समाचार सार्वजनिक भएसँगै वित्तीय क्षेत्रबाट सरकारको चरम आलोचना भयो, अन

दलीय भागबण्डामा नयाँ बीमा कम्पनी खोल्ने लाइसेन्स बाँड्ने तयारी

सत्तासाझेदार राजनीतिक दल, अर्थ मन्त्रालय, बीमा समिति र स्वार्थ समूहको मिलेमतोमा चारै प्रकृतिका नयाँ बीमा कम्पनी खोल्न लाइसेन्स बाँड्न लागिएको छ । ठूलो रकम लेनदेन गरी लाइसेन्स बाँड्ने प्रकृयामा अर्थ मन्त्रालय र बीमा समितिले यतिखेर निकै सक्रियता देखाएका छन् । समितिका एक अधिकारीका अनुसार नयाँ लाइसेन्स वितरण गर्न तिहारअघि नै सूचना निकालिँदैछ ।नेपालमा अहिले नै १९ वटा जीवनबीमा र २० वटा निर्जीवन बीमा कम्पनी छन् । यी मध्ये कतिपय कम्पनीको अवस्था सन्तोषजनक छैन । अहिले फेरि मन्त्रालय र समितिले जीवन बीमाको