काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निर्णय गरेका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलबार बेलुका होटलबाट...