पुस १७ मा ब्वोकुलामा मानेभञ्ज्याङ गाउँपालिका ‘अध्यक्ष कप’ शुरु हुने

काठमाडौं : आगामी पुस १७ गते मानेभञ्ज्याङ गाउँपालिका ‘अध्यक्ष कप’ शुरु हुने भएको छ। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले अध्यक्ष कप कोशी प्रदेश अन्तरस्थानीय तह फुटबल प्रतियोगिता २०८० पुस १७ गते शुरु भई २९ गते सम्पन्न हुने जनाएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईका अनुसार गाउँपालिकाको आव ०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमबमोजिम उक्त खेल आयोजना गर्न लागिएको हो।  उक्त प्रतियोगितामा सहभागी हुन अध्यक्ष कप सञ्चालन कार्यविधिको परिच्छेद २ को दफा (४) को बुँदा&nb

सम्बन्धित सामग्री

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट सात जना फेला परेका छन् । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै संखुवासभा, मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्‍ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन …

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए । सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो […]

विद्यार्थी अभावमा मातृभाषा कक्षा बन्द

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ । स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा कक्षा बन्द भएको हो । कक्षा १ मा बाहिङ राई समुदायका विद्यार्थी एक जना र कक्षा २ र ३ मा पनि विद्यार्थी न्यून भएकाले पाठ्यक्रम […]

ओखलढुंगामा १८ वर्षीया युवती अर्धचेत अवस्थामा फेला, बलात्कार भएको हुन सक्ने आशंका

काठमाडौँ- ओखलढुंगामा १८ वर्षीया एक युवती अर्धचेत अवस्थामा फेला परेकी छन्। आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित सडकमा  एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।। उनका अनुसार ती युवती बिहान करिब ४ बजेको समयदेखि बेपत्ता रहेकी थिइन्। घरभन्दा डेढ किलोमिटर टाढा सडकमा ती युवती अर्धचेत […]

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुंगा – ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनु भएको छ ।  अध्यक्षमा निर्वाचित रुम्दाली स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर चुनावमा उठ्नु भएको थियो ।  रुम्दालीले ५ हजार २१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत पाउनुभयो ।  यस्तै,उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनु भयो।&n...

ओखलढुङ्गा : जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीकाे सङ्ख्या ३ पुग्याे

ओखलढुङ्गा – ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका ६ काे हर्कपुर नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीको सङ्ख्या तीन पुगेको छ ।  विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियो । दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको घटनास्थलमै र प्रहरी जवान रूपक विष्टको कटारी नगरपालिका १४ काे घुर्मीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा ...

सेनाको क्याप्टेन हुँ भनी ठगी गर्ने धनबहादुर पक्राउ

पर्वत : आफू नेपाली सेनाको क्याप्टेन रहेको र विभिन्न सैन्य पदमा भर्ती गरिदिने भन्दै रकम ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा बस्दै आएका ३८ वर्षिय धनबहादुर परियार रहेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार आफूहरू ठगिएको भन्दै ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–४ की २८ वर्षिया

सोलु करिडोरमा सुक्खा पहिरो, दूधकोशी नदीको बहाव परिवर्तन

२४ कात्तिक, काठमाडौं । सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो जाँदा दूधकोशी नदीको बहाव परिवर्तन भएको छ । वडा नम्बर ३ का अध्यक्ष मेडल राईका अनुसार करिब २५ मिटर चौडाइको पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएको हो । पहिरो झर्ने क्रम नरोकिए रिब्दोम बस्ती जोखिममा पर्न सक्ने उनले […]

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

ओखलढुङ्गा– यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए। बा […]