ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए । सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो […]