नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी

नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । सातौं जिल्ला अधिवेशनबाट बुधबार शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्। सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट नै नेतृत्व चुनिएको हो । शर्मा यसअघि पनि दैलेखको अध्यक्षमै थिए  । बुधबार भएको निर्वाचनमा उनले ४१४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सुर्यबहादुर शाहीले २६३ मत प्राप्त गरे । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो।उपाध्यक्षमा प्रेमबहादुर बुढाले ४५१ मत ल्याएका विजयी भएका छन् । उनका प्रत्य

सम्बन्धित सामग्री

एमाले दैलेखले टुंग्यायो उम्मेदवार

नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभा सदस्यका २ र प्रदेशसभाका ४ क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रत्यक्षतर्फ १ नम्बरबाट ३ र २ नम्बरबाट ५ जनालाई सिफारिस गरेको हो ।१ नम्बर निर्वाचन क्षेत्रबाट रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् भने २ नम्बरबाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवार सिफारिस भएका छन् ।

एमाले दैलेखको अध्यक्षमा पुन: शर्मा विजयी

नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी बनेका छन् । सातौं जिल्ला अधिवेशनबाट बुधबार शर्मा अध्यक्षमा पुन: विजयी भएका हुन् ।

एमाले दैलेख अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

दैलेख – नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । एमालेको सातैँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गरेका छन् ।

दैलेख एमाले अध्यक्षमा शर्मा विजयी

सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी बनेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सूर्यबहादुर शाहीलाई १५० भन्दा बढि मतान्तरले पछाडि पार्दै विजय हात पारेका हुन । गएको पुस २३ गते भएको एमाले अधिवेशनमा फर्जी मत खसालिएको भन्दै विवाद भएपछि एमालेको केन्द्रीय निर्वाचन आयोगको पत्यक्ष निगरानीमा आज मतदान भएको थियो । जम्मा ६८४ मत […]

दैलेख एमाले अधिवेशन : ३०० मत गन्दा रविन्द्रराज शर्मा अगाडि

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मतमध्ये अहिलेसम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत हिमालयलङ् शाहले रातोपाटीलाई जानकारी दिए । गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले  १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन्

दैलेख एमालेमा सहमतिको प्रयास असफल, नेतृत्वका लागि आज निर्वाचन

सुर्खेत । नेकपा (एमाले) दैलेखको सातौं जिल्ला अधिवेशनअन्तरगत नेतृत्वका लागि निर्वाचन हुने भएको छ । एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले सहमतिको प्रयास गरेपनि सहमति नजुटेपछि आज (बुधबार) निर्वाचन हुने भएको हो । झण्डै ६ सय प्रतिनिधि रहेको दैलेख एमालेको अध्यक्षमा सांसद रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको दाबी रहेको छ । यसअघि भएको सबै निर्वाचन […]

एमाले दैलेख : फर्जी मत भेटिएपछि स्थगित निर्वाचनको प्रक्रिया पुन: सुरू गरिने

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन प्रकरणमा पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो । नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो । मतदान पश्चात मतगणनाा गर्ने समयमा मतदाता […]

फर्जी मतको विवादपछि एमाले दैलेखको मतगणना स्थगित

सुर्खेत । नेकपा एमाले दैलेखको सातौ अधिबेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको छ । ७२१ प्रतिनिधिमध्ये ७१७ मत खसेको भए पनि मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित भएको एमाले जिल्ला सचिबका उम्मेदवार रुद्र शाहीले जानकारी दिए । एमाले दैलेखको अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही […]