फर्जी मतको विवादपछि एमाले दैलेखको मतगणना स्थगित

सुर्खेत । नेकपा एमाले दैलेखको सातौ अधिबेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत विवादपछि मतगणना स्थगित गरिएको छ । ७२१ प्रतिनिधिमध्ये ७१७ मत खसेको भए पनि मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित भएको एमाले जिल्ला सचिबका उम्मेदवार रुद्र शाहीले जानकारी दिए । एमाले दैलेखको अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही […]

सम्बन्धित सामग्री

फर्जीमतका विषयमा विवाद हुँदा पाल्पाको एक वडामा मतगणना हुन सकेन

पाल्पा - फर्जीमत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन । वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना स्थगित भएको हो । त्यस वडामा एमाले उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । विवाद पछि गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाएको छ । निर्वाचन आयोगले भने पुनः गणना गर्न निर्देशन दिएको जनाइएको छ ।