दैलेख एमाले अधिवेशन : ३०० मत गन्दा रविन्द्रराज शर्मा अगाडि

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मतमध्ये अहिलेसम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत हिमालयलङ् शाहले रातोपाटीलाई जानकारी दिए । गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले  १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन्