गण्डकी, १७ मङ्सिर: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको समान पहुँच स्थापित गर्न सरकारले काम गर्दै आएको जानकारी दिए । […]