कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सोमबार पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे।पूर्ण-प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे। सरकारका कामकारबाही