भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।
घट्नामा संलग्न दोषीहरुलाई कडा कारवाहीको माग चौतर्फी रुपमा उठेपछि घट्नाको छानविन गरेर दोषीलाई कारवाही गर्न सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।